कन्चनपुर,१३ असार । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला स्थित रहेको बेदकोट नगरपालिकाले अगामी आर्थिक वर्ष २०७७र०७८ का लागि ७२ करोड ४० लाखको बजेट ल्याएको छ ।
बुधवार सम्पन्न भएको सातौँ नगरसभाबाट ७८ करोड ४० लाखको बजेट पारित गरिएको र आगामी आर्थिक वर्षमा नगर प्रमुख अशोक कुमार चन्द स्वास्थ्य, कृषि, पशुपालन लगायतका विषय बजेटका प्राथमिकतामा रहेको नगर प्रमुख अशोक कुमार चन्दले जानकारी दिएका छन् ।
विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरस ूकोभिड–१९ू को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि एक सय शैयाको आइसोलेसन भवन निर्माण गरिने साथै दमकल, एम्बुलेन्स ,शवबाहन लगायत स्वास्थ्य सामग्री , औषधी ,उपकरण का लागि ४ करोड विनियोजन गरिएको छ ।
कृषिमा जोड संगै शित भण्डार ९कोल्ड स्टोर० का निर्माणका लागि अबको अर्थिक वर्षमा एक करोड विनियोजन गरिएको छ। स्वास्थ्यका संगै नगर गौरवका आयोजना, कृषि , पसुपालन, स्वास्थ्य र शिक्षा क्षेत्रमा प्रमुख प्राथमिकतामा रहेका छन् ।