प्रधानमन्त्री या पार्टी अध्यक्षमा एउटा छाड्न ओलीलाई प्रचण्डको प्रस्ताव

प्रधानमन्त्री या पार्टी अध्यक्षमा एउटा छाड्न ओलीलाई प्रचण्डको प्रस्ताव

  • बुधबार, असार १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

असार १० काठमाण्डौं । लामो समय पछि आज नेकपाको स्थायी समितिको बैठक शुरु भयो । त्यस बैठकमा एजेण्डा पेश गरे पछि कार्यसूची अनुसार दुई अध्यक्षले बोले । शुरुमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली बोले पछि प्रचण्डको पालो आयो ।
उनले बोल्ने क्रममा आफूले प्रधानमन्त्री वा मुख्य अध्यक्ष सबै त्याग गरेको स्मरण गराउदै अन्ततः यही कार्यशैली रहे आगामी अढाई बर्षमा नेकपा समाप्त हुन सक्ने चेतावनी दिदै अब संघर्ष गरेर विभाजनतिर जाने या त्याग आत्मालोचना गरेर अगाडी जाने भन्ने विकल्प रहेको बताए । जनता र कार्यकर्तामा देखिएको निराशा सवोधन हुन नसके पार्टी समाप्त हुने उनको तर्क थियो ।
उनले प्रधानमन्त्री आधा आधा कार्यकाल गर्ने सहमति छाडेर त्याग गरेर पार्टीलाई जे फाईदा हुन्छ भन्ने थियो त्यो देखिएन । गल्ती भयो भन्दै अब प्रधानमन्त्री ओलीले अध्यक्ष वा प्रधानमन्त्री मध्य एक छाड्न प्रस्ताव गरेको एक स्थायी समिति सदस्यले दाबी गरेका छन् ।
उनले देशी विदेशी प्रतिकृयावादी भन्दा पनि पार्टी भित्र , नेताहरुकै समस्याका कारण समस्या आएको भन्दै यही कार्यशैलीले जादाँ अब अढाई बर्ष पछि नेकपा समाप्त हुन सक्ने बताउदै विभाजनको बाटोमा जान नहुने बताएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ