कथा- हाछ्युँ

 कथा- हाछ्युँ

  • बुधबार, असार १०, २०७७
  • देवेन्द्र पौडेल

  • 14.6K
    SHARES

बेसार मुनि एकाएक नाम चलेका वैद्य थिए । उनले नजानेको कुरा केहीपनि थिएन । गफपनि उस्तै गर्थे, गफशास्त्रमा विद्यावारिधि गरेजस्तै । सबै कुरा जानेजस्तो गर्थे । पहिले कुनैबेला रातो राजनीति गरे ।केही समय त विद्रोह तिरपनि लागे । चौध पन्ध्र वर्ष जेल पनि बसे । पछिपछि रातो राजनीति बाट धैँसे राजनीति गर्न थाले । वाकपटुताको अस्त्रप्रयोग गरी राजनीति र शासनको नेतृत्व सम्हाल्नपुगे । आजकाल उनी नामुद वैद्य भएका छन् ।
एक दिनको कुरा हो, कुशासनमा(कुशआसन) बसेका बेसारमुनिको जडिबुटी कारखाना अगाडि कमिसनमुनिहरु जम्माभए । आप्mना अगाडि विन्तिभाउका साथ साक्षात्कार भएका कमिसनमुनिहरुलाई उनले सोधे, के भइरहेको छ लोकमा ? जवाफमा वरिपरि रहेका किन्नर,किन्नरी, नाग, यक्ष, गन्दर्धहरुले भने, हे बेसारमुनि ऋषिवर, मान्छेहरु त प्लेकार्ड बोकेर बेसार घसी सडकमै सुत्नथाले । उनीहरुको भनाइ छ, वैद्यले बेसारको मात्र कुरा गरे, पिसिआरको कुरा गरेनन्, भोकको कुरा गरेनन्, शोकको कुरा गरेनन्, स्ट्यान्ड अपकमेडीको कुरा गरे । अब हामी सहन्नौँ । रोग र भोकका बेला बेसार र पानीले भुलाउनखोज्ने अपराधीभन्नथाले । हरसम्भव उपाय लगाउँदा पनि चित्तबुझाउन सकिएन । उनीहरुका कुरा सुन्दा सुन्दा हामी त तनावमा छौँ । तोरी कतै फुलेको छैन, पहेँलै भएर धानकाबालाकतै झुलेका हैनन् तर बर्खामासमापनिसडक र बजार त थामिनसक्नु पहेंलपुर हुन थाल्यो ऋषिवर । हजुर त हास परिहासमा हुनुहुन्छ । बेलाबेलामा कथा सुनाउनु हुन्छ । कहिले भैँसीका कथा, कहिले राष्ट्रवादका मिठा कथा । उनीहरुको मुखथुन्न सकिने यस्तै कुनै अचुक कथा सुनाउनु होस् ।
त्यसोभए तिमीहरु आज के कथा सुन्न चाहन्छौ, निसंकोच भन्न सक्छौ ।
हे बेसारमुनि, आजहजुरको नामको कथा सुन्न हामीआतुर छौँ र यो तामझामयुक्त दुईतिहाईको संसारको सृष्टि कसरी भयो ? हजुरको वाहीवाहीको राज के हो, यस विषयमा जान्ने इच्छा छ । हजुरबाट मर्जी भएमा भोलिका दिनमा विलासपथ पछ्याउन हामीलाई सहजहुनेछ । हामीमाथि कृपा गर्नुहोस् । हजुरको बेसारप्रिय मुखारविन्दबाट यो कथासुन्न पाएमा हामीले आफुलाई भाग्यमानी सम्झने थियौँ ।
तत्पश्चात् छेउमा राखिएको सानो डब्बाबाट एक फाँक बेसार मुखमाहालेर तातोपानीले घुटुक्क पार्दै ऋषिले भने, “हे मुनिहरु, मलाई लाग्दैन तिमीहरु यति धेरै लाटा छौ, मैले थाहै नपाए जस्तोगरी बसिरहँदातिमीहरुले के के गरिसक्यौ भन्ने सुन्दैछु । हुन त कसले केके गर्छ, कहाँकार्पेट फेर्छ, बत्ती फेर्छ,कहाँ गलैँचाओछ्याइन्छ, कहाँउपचारका नाममाकसले कति कुम्ल्याउँछ, त्यो मेरो सरोकारको विषय पनि होइन । मेरो सरोकारको विषय त सपना बाँड्ने हो ।
पानीजहाजका सपना, हावाबाट बिजुलीनिकाल्ने सपना, घरघरमा पाइपलाइनबाट ग्यास पु¥याउने सपना ।त्यसैले सपना देखाउनसिक, मोनो रेल गुडाउने सपना देखाउने भाइ, भतिजहरुबाट पनि केहीसिक , कोहीभोकै मर्नु पर्ने छैन भनी राख, कोहीभोकै मरेका समाचार आउँदानसुनेजस्तो गर, भोकै हिंड्ने मान्छेलाई नदेखेजस्तो गर, मान्छेले सुइको पाउने गरी कामनगर, पाइहाले भने ध्यानअन्यत्रमोडिदेऊ, आप्mनो दाउआउँदैन भने भेटघाट, बैठक पनिअल्मल्याऊ, कसैलाई सबैभन्दामाथिको कुर्ची देखाइ देऊ । कसैको घर बिगार्न, मान्छे चोर्न परे पनि पछि नपर ।सबै कुरा जानेको जस्तो गर, केही कुरा बिग्रिहाल्यो भने थाहै पाइन भन्न नबिर्स । आप्mनो कुरा जस्तै होस्, मैले भनेको, भर्खरै भनेको,सुन्नुभएनभन्दै मेरा गोरुको बाह्रै टक्का गर्न नछोड । बेलाबेलातिलस्मी कुरा गरिदेऊ ।
मैलै पनि सुरु सुरुमा नक्सलवादी बनेर मन जितेँ । गायत्रीमन्त्रजपेर तमोरमापौडी खेलेँ, राष्टवादको खोल ओढेर महाकालीलाई अरुको जिम्मालगाएँ ।परिवर्तनका बेलासिन्को नभाँचे पनि, बयलगाढाको यात्राले पातालपुगिन्नभने पनि, नाकाबन्दीका बेलाचर्कोचर्को पूmर्ति लाउनाले सबैतिर मेरो जयजयकार गरिन थाल्यो । परिणामस्वरुप आजदुईतिहाईको सृष्टि फलिफापभएको छ ।
तिमीहरु एक चित्तभई सुन, अब मलाई सपनाका कुरा गर्नु छैन । म मात्र स्वस्थ रहेर हुन्न, सबैलाई स्वस्थर निरोगी नेपालबनाउनु पनि मेरो कर्तव्य हो । संसारले पत्तानलगाएको कुरा मैले पत्तालगाएको छु ।मैले भर्खरै पञ्चतत्वको खोज गरेको छु ।मेरा पञ्चतत्वमाजल,तेज, पृथ्वी, वायु र आकाशहोइन, मेथी, बेसार, अदुवा, ज्वानो र हिमालबाट ठोक्किएर आएको चिसो हावा रहेका छन् । यिनीमध्ये धेरै महत्व बेसारको छ । बेसारको यहीमहिमाले आज मैले बेसारमुनिको उपाधिपाएको हुँ । म पनिआजसम्मयही बेसारको उपचारले हट्टकट्ट छु । मेरै बेसारको प्रभावले सर्वत्र हरियो हुनुपर्ने वर्षा ऋतु पनिपहेंलो भएको छ ।दश अर्बको लगानी बेसारमै सकिएको छ । बेसारकै चमत्कारले दुईतीनजनाबाहेक कोहीपनिमहामारीले मरेका छैनन् । ती मरेकाहरु प्नि बेसार पानीखाएर हाछ्युँगर्न नजानेर मरेका हुन् । कोहीनिमोनियाले होला, कोही पेट दुखेर होला, कोही मुटुका बिरामीथिएहोलान् । ती त त्यसै जाने खाले मान्छे हुन्, कोरोनाले त छोएको मात्रै हो । कतिपयले तातोपानीसँगखाने बेसार शरीरमा घसेर बेमौसमको नाटक गर्दैछन् अरे,कतिपयले मेरो यस्तो गम्भीर कुरामामजाक उडाए अरे । उनीहरुलाईभनीदेऊ घसेको बेसारको कर तिर्ने समय घर्कँदै छ ।
आजलाई एउटा अर्को कुरा सम्मभनूँ, यो सृष्टि बेसारपानीको अदृश्य लीलामात्रहो । यो सबैभोटको गुरुदक्षिणा दिने एकलव्यहरुका निम्ति सिर्जना गरिएको भ्रम हो । उनीहरुलाई भ्रमित तुल्याउनु मेरो धर्म हो । जसरी सपनामा देखिएका अनेकौँ दुखसुखको अनुभवजागा भएपछि केहीपनि रहँदैन, मेरा सपनाहरुको अनुभव पनि त्यस्तै हो ।
हे मुनिहरु,तिमीहरु पनिएकाग्र मनले बेसार पानीखाऊ, भोको दुनियाँ तर्सने गरी हाछ्युँ गर, असार साउनमामात्रहोइन, फाउनसम्मपनि बेसारपानीखाँदै हाछ्युँगर्दै जाऊ । वाफ लिन नबिर्स फेरि । अरुले के भन्छन्, त्यसको पछि नलाग ।
कथा सकिएको थिएन, ठिक त्यसैबेला समाचारले भन्दै थियो, आज बेसारपानीखाएर हाछ्युँनगरेका कारण कोरोना भाग्ननपाउँदादुई जनाको निधनभएको छ ।
पत्रकारले कति चाँडो थाहापाएका, बेसारमुनि बोल्दै थिए । अरु सबै प्रतिक्रियाविहीन मुद्रामा बेसारमुनिको अनुहार ट्वाल्ल पर्दै हेरिरहेका थिए ।

(यस कथामाआएकापात्रकाल्पनिकहुन्, कसैको जीवनसँग मेल खाएमा संयोग मात्रमानिनेछ ।)–लेखक

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी