निजी क्षेत्रमा पनि अब अख्तियार प्रवेश गर्ने, उद्योगी व्यवशायीको आपत्ति

निजी क्षेत्रमा पनि अब अख्तियार प्रवेश गर्ने, उद्योगी व्यवशायीको आपत्ति

  • मङ्लबार, असार ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

असार ९ काठमाण्डौं । निजी क्षेत्रलाई समेत अख्तियारको क्षेत्राधिकारमा पार्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको संशोधन विधेयकको प्रतिवेदन संसदीय समितिले राष्ट्रियसभामा पेश गरेको छ । संभवत सो विधेयक आज पारीत गरिने छ ।

विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले निजी क्षेत्रमा समेत अख्तियार प्रवेश गर्न पाउने गरी सरकारले ल्याएको संशोधन विधेयकमाथि समितिले तयार पारेको प्रतिवेदन राष्ट्रियसभामा पेश गरेका हुन् ।

आयोगलाई प्रवेश दिएर आतंकित तुल्याउन खोजेको भन्दै निजी क्षेत्रले आपत्ति जनाएको छ । नयाँ व्यवस्था अनुसार अब अख्तियारले निजी कम्पनी, बैंक, मेडिकल कलेजलगायतका निकायका निर्णयहरुमाथि अनुसन्धान गर्न पाउँने छ ।

यी संस्थाहरुलाई ‘सार्वजनिक संस्था’को परिभाषाभित्र समेटेर आयोगको क्षेत्राधिकार बढाउन प्रस्ताव गरिएको हो । राष्ट्रियसभामा पेश गरेको प्रतिवेदनमा सार्वजनिक संस्था अन्तरगत ‘नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको स्तर वा प्रकारका बैंक, वित्तिय संस्था, बीमा व्यवसाय गर्ने संस्था, मेडिकल कलेज र सोसँग सम्बद्ध अस्पताल, अन्य महाविद्यालय वा कलेज, सार्वजनिक सेवा प्रवाह गर्ने पब्लिक लिमिटेड कम्पनी ‘निकाय वा परियोजना’ हुने उल्लेख छ ।

प्रस्तावित विधेयक कानुन बनेपछि निजी क्षेत्रका यी संस्थामाथि छापा मार्ने, छानबिन गर्ने र मुद्दा चलाउने अधिकार आयोगले पाउने छ ।

यो विधेयक ल्याइएकामा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघलगायतका निजी क्षेत्रका संगठनले विरोध जनाएका छन् ।
ती संस्थाका प्रतिनिधिरुले निजी क्षेत्रमा अख्तियार प्रवेश नगराउन प्रधानमन्त्रीलाई भेटेरै माग गरेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ