एजेन्सी असार ८ । ईग्यालण्ड टुरमा जानु अघि पाकिस्तानी राष्ट्रिय क्रिकेट टिमका तीन जना खेलाडीलाई कोरोना पोजेटिभ देखिएको छ ।
पाकिस्तानी क्रिकेट बोर्डका अनुसार हैदर अली, सदब खान र ह्यारीस राउफ संक्रमित भएका हुन् ।
उनीहरुमा कुनै लक्षण भने नदेखिएको बोर्डले जनाएको छ । उनीहरुलाई तत्काल सेल्फ आईसोलेसनमा पठाईएको बोर्डले जनाएको छ ।
जुन २४ मा पाकिस्तानी क्रिकेट टोली बेलायत जाने र १४ दिन क्वारेन्टाईनमा बसे पछि टेष्ट र टी ट्वेन्टी खेल खेल्ने जनाईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline