सरकारले स्थापना गरेको कोरोना नियन्त्रण कोषमा रु दुई अर्ब ३४ करोड जम्मा

सरकारले स्थापना गरेको कोरोना नियन्त्रण कोषमा रु दुई अर्ब ३४ करोड जम्मा

  • सोमवार, असार ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौँ ,८ असार । सरकारले कोरोना सङ्क्रमण नियन्त्रण उपचार कोषमा हालसम्म रु दुई अर्ब ३४ करोड ८१ लाख ३७ हजार सङ्कलन भएको जानकारी दिएको छ । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको आजको बैठकमा उक्त कोषबाट हालसम्म रु २८ करोड ६७ लाख ५८ हजार निकासा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले जानकारी दिनुभयो ।

सरकारको प्रणालीबाट विनियोजिन र केन्द्रीय बजेट प्रणाली, प्रदेश सरकार र स्थानीय तहको समग्र लेखाको अद्यावधिक खर्चको विवरण भने केही दिनमा समितिसमक्ष प्रस्तुत गर्ने सो अवसरमा जानकारी दिइयो । सरकारले मुलुकका १७६ स्थानीय तहलाई रु १३ करोड २२ लाख ५६ हजार तथा भारत सीमा नजिक रहेका होल्डिङ सेन्टर सञ्चालन गर्दै आएका स्थानीय तहलाई रु दुई करोड ७७ लाख २३ हजार उपलब्ध गराएको छ ।

कोभिड–१९ को रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि आवश्यक स्वास्थ्य सामग्री खरिदका लागि आगामी ११५ दिनको कार्ययोजना व्यवस्थापनको तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । सरकारले समान खरिदमा अब सेनाले होइन स्वास्थ्य मन्त्रालयले नै गर्ने अरु विपद्, उद्धार र राहतको काम भने सेनाले गर्नेछ

। सरकारले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको अस्पतालका अतिरिक्त डडेलधुरा, प्रदेश नं ५, धौलागिरि अस्पताल, प्रदेश नं १ मा पनि कोभिड–१९ परीक्षण प्रयोगशाला राख्ने तयारी गरेको छ । उक्त स्थानमा प्रयोगशाला रहेपछि दैनिक १५ हजारसम्म परीक्षण हुनेछ ।

कोभिड–१९ को जोखिमको पाटोलाई दृष्टिगत गरी हाल एक हजार क्षमताको भेन्टिेलटरसहितको सघन उपचार कक्ष प्रबन्ध गरिएको मन्त्रालयले जानकारी दिएको छ । सातवटै प्रदेशमा अक्सिजन प्लान्टको व्यवस्था गरिएको छ । चीनबाट निजी क्षेत्रले खरिद गरिएको औषधि ढुवानीका लागि प्रयोग भएको नेपाल वायुसेवा निगमको भाडाबापतको रु एक करोड ४५ लाख रकम भुक्तानी हालसम्म भइनसकेको जानकारी दिइयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ