बेलौरीमा तस्कर बिरुद्ध शसस्त्रको अप्रेसन: माछा र सुर्ती बरामद, तस्कर फरार

बेलौरीमा तस्कर बिरुद्ध शसस्त्रको अप्रेसन: माछा र सुर्ती बरामद, तस्कर फरार

  • सोमवार, असार ८, २०७७
  • डम्मर राज भट्ट

  • 16.9K
    SHARES

कन्चनपुर , ८ असार । कञ्चनपुरको बेलौरीमा माछादेवि सूर्तिजन्य पदार्थ तस्करी मौलाएको छ । भारतदेखि पचुई नाका भएर माछा, सूर्तिजन्य पदार्थ तस्करी भईरहेको छ । लकडाउनमा पनि बेलौरी क्षेत्रमा भारतबाट तस्करी रोकिएको छैन् । कञ्चनपुर गड्डाचौकी र कैलालीको त्रिनगरमा भन्सार संचालन भएपनि केही व्यवसायीले गैर कानुनी रुपमा तस्करी गरिरहेका छन् ।

तस्करी गरिरहेकै अवस्थामा सशस्त्र प्रहरी बलले सीमा क्षेत्रबाट तस्करले प्रयोग गरेका मोटरसाईकल, माछा सहित बरामद गरेको छ । सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरी र बिओवी बेलौरी हवल्दारको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोलीले सीमा क्षेत्रबाट तस्करी गरिररहेकै अवस्थामा समान बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल शैलेश्वरी गणका गणपति वीरसिह शाहुले दुई लाख भन्दा बढिको समान र सवारी साधन बरामद गरेको बताए । उनका अनुसार से६प २१५५, र से ६प ४८२ नम्बरको मोटरसाईकलमा सूर्तिजन्य पदार्थ र १ सय २० किलो ३७ हजार पर्ने माछा बरामद गरिएका छन् ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति वीरसिह शाहुले लकडाउनको बेला गैर कानुनी रुपमा सीमा क्षेत्रमा हुने गैरकानुनी गतिबिधी गर्ने समुह तह लगाईरहेको बताए । सशस्त्र प्रहरीले कञ्चनपुरको सीमा क्षेत्रमा अवैध गतिबिधी नियन्त्रण गरेपछि तस्करको भागाभाग भईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ