दश महिनामा ३० अर्ब बढीको धितोपत्र बिक्रीको अनुमति

दश महिनामा ३० अर्ब बढीको धितोपत्र बिक्रीको अनुमति

  • आइतवार, असार ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

नियामक निकाय नेपाल धितोपत्र बोर्ड ९सेवोन० ले चालू आर्थिक वर्षको १० महिनाको अवधिमा कूल रु ३० अर्ब ८९ करोड बराबरको धितोपत्र बिक्रीका लागि अनुमति दिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत वैशाख मसान्तसम्म धितोपत्र बजारमा भए गरेका काम कारवाहीको जानकारी दिँदै बन्दाबन्दीको अवधिमा समेत शेयर बजारमा आशातित काम भएको पाइएको छ ।

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा बोर्डले रु २१ अर्ब ४५ करोड बराबरको ऋणपत्र बिक्रीका लागि अनुमति दिएको छ । यस्तै रु चार अर्ब ४१ करोड बराबरको हकप्रद शेयर, रु तीन अर्ब २३ करोड बराबरको साधारण शेयर र रु एक अर्ब ८० करोड बराबरको सामूहिक लगानी कोष ९म्युचुअल फण्ड० गरी रु ३० अर्ब ८९ करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको बैंकले जनाएको छ ।

गत वैशाख मसान्तमा धितोपत्र बजार पूँजीकरण रु १५ खर्ब ३६ अर्ब ४२ करोड कायम भएको छ । गत असार मसान्तमा बजार पूँजीकरण रु १५ खर्ब ६७ अर्ब ५० करोड रहेको थियो । गत असारको तुलनामा वैशाखमा आइपुग्दा रु ३१ अर्ब ५० करोडले कूल बजार पूँजीकरणमा कमी आएको हो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत कम्पनीको सङ्ख्या २१२ रहेको छ । सूचीकृत कम्पनीमध्ये १४८ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३३ जलविद्युत् कम्पनी, १९ उत्पादन र प्रशोधन उद्योग, चार÷चार होटल तथा व्यापारिक संस्था र अन्य समूहका चार कम्पनी रहेका छन् । गत असारमा सूचीकृत कम्पनीको सङ्ख्या २१५ रहेको थियो ।

सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ८०।१ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा ५।९ प्रतिशत, उत्पादन र प्रशोधन उद्योगको हिस्सा ३।८ प्रतिशत, होटेलको हिस्सा १।३ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०।३ प्रतिशत तथा अन्य समूहका कम्पनीको हिस्सा ८।६ प्रतिशत रहेको छ ।

स्टकमा गत वैशाखसम्म सूचीकृत कूल चार अर्ब ७० करोड शेयरको चुक्ता मूल्य रु चार खर्ब ६० अर्ब ६१ करोड रहेको छ । चालू आवको १० महिनामा रु २६ अर्ब २५ करोड बराबरका बोनस शेयर, रु २१ अर्ब ४६ करोड बराबरका ऋणपत्र रु १२ अर्ब १६ करोड बराबरका साधारण शेयर, रु पाँच अर्ब ७५ करोड बराबरका सामूहिक लगानी कोष ९म्युचअल फण्ड०, रु चार अर्ब ११ करोड बराबरका हकप्रद शेयर र रु ११ अर्ब ८३ करोड बराबरका अन्य गरी कूल रु ८१ अर्ब ५५ करोड बराबरका थप धितोपत्र सूचीकृत भएका केन्द्रीय बैंकले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ