सामसङ प्लाजाद्वारा नयाँ वेबसाइट सार्वजनिक

सामसङ प्लाजाद्वारा नयाँ वेबसाइट सार्वजनिक

  • आइतवार, असार ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौं, ७ असार । सामसङ इलेक्ट्रोनिक्स र होम एप्लाएन्सेसका लागि आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले आफ्नो डिजिटल प्लेटफर्म विस्तारको रुपमा सामसङ प्लाजाका लागि नयाँ वेबसाइट www.samsungplaza.com.np सार्वजनिक गरेको छ । यो नयाँ वेबसाइटमा सामसङका उत्पादनहरुको विशेषताहरु र मुल्यहरु राखिएको छ जसले ग्राहकहरुलाई आवश्यक उत्पादनहरु कार्टमा राखेर खरिद गर्न सक्ने सुविधा प्रदान गर्दछ ।
लकडाउनको बीचमा सामसङ प्लाजाको नयाँ वेबसाइट आफ्नो घरको सुरक्षित वातावरणमा बसेर सामसङका उत्पादनहरु खरिद गर्न इच्छुक ग्राहकहरुका लागि समाधानको रुपमा आएको छ । यसका साथै उनीहरुले सर्भिससंग सम्बन्धित जिज्ञासाहरु पनि राख्न सक्दछन् । सामसङ प्लाजामा विभिन्न मुल्य दायराका सामसङका उत्पादनहरु — एलईडी टिभी, रेफ्रजिरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन र मोबाइल फोनहरु रहेका छन् । सामसङ प्लाजा नेपालका विभिन्न स्थाहरुमा अवस्थित छन् ।
हिम इलेक्ट्रोनिक्स प्रा.लि. की निर्देशक सीमा गोल्छाले “बजारमा हाम्रो उपस्थीतिलाई अझ बलियो बनाउन र स्ट्रिमलाइन पहिचानका साथ आउदो वर्षहरुमा फस्टाउँदै जान अर्को कदमको रुपमा हामीले नयाँ वेबसाइट सार्वजनिक गर्न पाउँदा निकै उत्साहित भएको बताईन् । वेबसाइटमार्फत ग्राहकहरुलाई आफ्नै घरको सुविधा र सुरक्षामा रहेर सामसङ उत्पादनहरु खरिदको सुविधा रहने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ