पर्सा, ४ असार ÷ देश लगायत बिश्वभरी फैलिएको कोरोना कहरको समयमा बिद्युत प्राधिकरण कार्यालय पर्सा शाखाले धज्जि उडाउदै महसुल बुझिरहेको छ ।
नेपाल सरकारको आदेशानुसार लक डाउनलाई खुकुलो बनाइएपनि दुरी नै कायम नगरी बिद्युतको महसुल पर्सा शाखाले बुझ्दै आएको हो । बिद्युत प्राधिकरण कार्यालय पर्सा शाखाले बिगत ३ महिनादेखी लागु गरिएको लक डाउनको समयमा महसुल नबुझाएका उपभोक्ताहरुको महसुल बुझिरहेपनि दुरी कायम नै नगरी नियम कानुनको धज्जि उडाउदै महसुल बुझदै आएको हेर्न सकिन्छ ।
लक डाउनको समयमा २५ प्रतिशत बिद्युत महसुल छुट दिने सरकारले निर्णय गरेको बिद्युत प्राधिकरण पर्सा शाखाका केन्द्रिय प्रमुख ईन्जिनीयर कुशियैत यादवले बताउनु भयो । उहाले ३ महिनादेखी २५ प्रतिशत छुट गरी महसुल बुझिरहेको बताउनु भयो । यस्तो महामारीको समयमा पनि नेपाल सरकारले निर्णय गरे बमोजिम आफुहरु कार्य गर्दै आएको ठोकुवा गर्नुभयो ।
बिद्युत प्राधिकरण पर्सा शाखाका केन्द्रिय प्रमुख ईन्जिनीयर कुशियैत यादवका अनुसार असार ६ गतेसम्म छुटको व्यवस्था गरिएको र त्यस पश्चात छुट नदिइने समेत बताउनु भयो । उहाले लक डाउन अवधिमा मिटर रिडिङ नभएको कारण फोटो खिचेर पठाउने उपभोक्तालाई छुटको व्यवस्था गरिएको र फोटो खिचेर नपठाउने उपभोक्तालाई पुरानै मिटर रिडिङको अधारमा महसुल लाग्ने समेत बताउनु भयो । यता लक डाउनको समयमा बेरोजगार भएकाहरु खान समेत समस्या भएको बेला २५ प्रतिशत मात्र बिद्युत महसुलमा छुट गर्नुको कुनै औचित्य नरहेको उपभोक्ताहरु बताउछन । आर्थिक अभावमा समेत समय बितिरहेको समयमा बिद्युत महसुल शतप्रतिशत छुट दिनुको साटो २५ प्रतिशत मात्र छुट दिनुको कुनै औचित्य नरहेको उपभोक्ताहरु आफ्नो गुनासो पोखे । २५ प्रतिशत छुटले उपभोक्तालाई राहत नहुने बताएका छन् । वीरगंज महानगरपालिका भित्र र बाहिर रहेका होटेल व्यवसायहरुलाई समेत केही छुट नभएको प्रमुख यादवले बताउनु भयो ।
नेपाल सरकारले निर्णय गरे बमोजिम उपभोक्ता लगायत जनतालाई केही सुविधा उपलब्ध नभएको संज्ञा दिइरहेकै बेला २५ प्रतिशत छुटले जनता मारमा पर्नुको साथै नेपाल सरकारको नीतिलाई समेत धज्जि उडाउदै ३ मिटरको दुरी नै कायम नगरी तछार मछार गरी महसुल बुझाउन बाध्य भएका छन् ।
कोरोना भाइरसको समयमा ज्यानको बाजी लगाउदै बिद्युत महसुल बुझाउनु परेको स्थानीय उपभोक्ताहरुको गुनासो छ ।

