४ गते, काठमाडौं । रजस्वला हुदा स्कुल जान नपाउने बालिकाहरुका लागि ध्यान दिदै सरकारले निशुल्क स्यानीटरी प्याड वितरण गर्ने भनी चलाएको अभियानमा सहयोग पुर्याउने उदेश्यले सेफ्टीले ‘स्कूल गर्ल’ नामक नयाँ उत्पादन बजारमा ल्याएको छ ।
सरकारले देशभरका बिद्यालयहरुमा यो प्याड निशुल्क वितरण गर्दै आएको छ ।
अहिले पनि खास गरी ग्रामिण भेगहरुमा स्वस्थ र स्वच्च स्यानीटरी प्याटको उपलव्धता कम हुदै आएको बेलासेफ्टीले सरकारद्वारा जारी आवश्यक मापदण्डहरु अनुकूल हुने गरी यो नयाँ स्यानिटरी प्याड ‘स्कूल गर्ल’बजारमा ल्याएको जनाएको छ ।
रजस्वलाको उचित सुरक्षित तरीकाको व्यवस्थापन नहुदा ग्रामिण भेगमा बालिकाहरु बिद्यालयबाट ब िञ्चत हुने र कतिपयले त विद्यालय नै छाड्ने गरेका छन् ।
यस अभियानको उद्देश्य स्यानिटरी प्याडको सहायताले नेपालका ग्रामीण भेगका किशोरीहरु रजस्वला हुँदा पनि विद्यालय जान नछुटुन् भन्नलाई मासिकस्राव सम्बन्धी स्वच्छ स्वस्थ उत्पादनहरुको पहुँचमा पुगुन् भन्ने रहेको सो उत्पादक कम्पनीले जनाएको छ ।
स्यानिटरी प्याड स्कूल गर्लका विशेषताहरु भनेको प्याडको लम्बाई २४० मिमि, मोटाई १३ मिमि र चौडाई ६५ मिमि हुनुका साथै पर्याप्त शोस्ने क्षमताभएको र प्रयोग गरेपछि नष्ट गर्न मिल्ने रहेको छ । यो प्याड सरकारको निर्देशन अनुसारका गुणस्तरहरुमा आधारित रहेर उच्च मापदण्डको बनाइएको छ ।
स्कूल गर्ल स्यानिटरी प्याड बिक्री शुभारम्भ गर्दै सेफ्टीका बजार व्यवस्थापक स्वर्णिमा राजभण्डारीले भन्नु भयो “हामी यो नयाँ उत्पादन स्कूल गर्ललाई सरकारको मापदण्ड अनुकूल हुने गरी प्रस्तुत गर्न सक्षम भएकोमा हर्षित एवं गौरवान्वीत पनि भएका छौं र स्यानिटरी प्याडहरु निःशुल्क वितरण गर्ने भनी सरकारले अपनाएको उल्लेखनीय पहलमा हाम्रो पनि सहयोग रहने अपेक्षा हामीले गरेका छौं । अब यो प्याडको सहायताबाट मासिक स्राव भएको बखतमा विद्यालय जानबाट बञ्चित रहने किशोरीहरु निरन्तर विद्यालय जान सक्नेछन् ा”