लकडाउनको मौका छोपी बीरगञ्जमा मौलायो तस्करी

लकडाउनको मौका छोपी बीरगञ्जमा मौलायो तस्करी

  • बुधबार, असार ३, २०७७
  • दिपक चौरसिया

  • 7.2K
    SHARES

पर्सा, ३ असार / देश लक डाउन रहेकै समयमा तस्करहरू सल्बलाएका छन । तस्कर संगठनहरू लक डाउनको मौका छोपी छोकडा मरिच, केराउको तस्करी कार्य तिब्र पारेका हुन ।

नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलिले करीब ६ लाख ४९ हजार बराबरको छोकडा, मरिच, केराउ र ट्रयाकटर सहित एक जना नेपाली नागरिकलाइ पक्राउ गर्न सफल भएको छ । बिशेष सुचना आउनसाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलिले बिरगंज महानगरपालिका वडा नम्बर १६ इनर्वा स्थितबाट ट्रयाक्टरमा लोड रहेको छोकडा, मरिच, केराउ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

ना ३ त ७०० नम्बरको ट्रयाक्टरमा छोकडा, मरिच, केराउ लोड गरि सीमा पारी गइरहेको बिशेष सुचनाको अधारमा पक्राउ गर्न सफल भएको पर्सा प्रहरीले जनाएको छ । तस्करी कार्यमा सन्लग्न बिरगंज महानगरपालिका वडा नम्बर १६ निवासी जगदेव पटेलको ३६ बर्सिय छोरा बिरेन्द्र पटेललाइ समेत नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।

पक्राउ गरिएको छोकडा, मरिच, केराउ सहितको ट्रयाक्टर र पटेललाइ अवाश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ