खेलाडीको सुरक्षामा विशेष ध्यान दिएका छौँ : मन्त्री विश्वकर्मा

खेलाडीको सुरक्षामा विशेष ध्यान दिएका छौँ : मन्त्री विश्वकर्मा

  • बुधबार, असार ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.8K
    SHARES

काठमाडौँ, ३ असार । युवा तथा  खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेलाडीको सुरक्षामा विशेष ध्यान दिएको बताउनु भएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले सरकारले खेलाडीको सुरक्षाका लागि दुर्घटना बीमा, स्वास्थ्य बीमालगायत काम गर्न लागेको जानकारी दिनुभयो ।

मन्त्री विश्वकर्माले खेलाडीको सम्मानका लागि कुनै कसर बाँकी नराखेको र खेलाडीलाई सहयोग गर्न सरकार सधैँ तत्पर रहेको उल्लेख गर्नुभयो । गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३औँ सागमा नेपालले महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गर्दै उहाँले सागमा पदक जित्ने खेलाडीलाई उचित सम्मान गरिएको बताउनुभयो ।

मन्त्री विश्वकर्माले पदक जितेका खेलाडीलाई रकम उपलब्ध गराएको भन्दै पेश्की फछ्र्योट गर्न ढिला भएका कारण केही प्रशिक्षकलाई रकम उपलब्ध गराउन ढिला भएको बताउनुभयो । आगामी आर्थिक वर्षदेखि सागमा स्वर्ण पदक विजेता खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको उहाँले स्पष्ट पार्नुभयो । सागमा स्वर्ण पदक विजेता खेलाडीलाई सरकारले मासिक रु छ हजार उपलब्ध गराउने गरी बजेट विनियोजन गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ