बागमति प्रदेशमा एक बिद्यालय एक नर्स कार्यक्रमलाई सबै स्थानिय तहमा थप गरिने

बागमति प्रदेशमा एक बिद्यालय एक नर्स कार्यक्रमलाई सबै स्थानिय तहमा थप गरिने

  • मङ्लबार, असार २, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.7K
    SHARES

हेटौडा असार २ । बागमती प्रदेश सरकारले कोभिड -१९ को रोकथाम नियन्त्रण उपचार तथा गुणस्तरिय स्वास्थ्य सेवामा आम नागरिकको पहुँच पुर्याउन हाल प्रदेश अस्पताल नभएका जिल्लाहरु मध्ये दोलखाको चरिकोट,काभ्रेको मथिनकोट,ललितपुरको बज्र बाराही र चितवनको रत्ननगर अस्पताललाई प्रदेश अस्पतालमा स्तरउन्नति गरि प्रदेशका सबै अस्पतालहरुको सेवा बिस्तार गर्ने भएको छ ।
बागमती प्रदेशको आर्थिक बर्ष २०७७/७८को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रस्तुत गर्नु भएको बजेटमा उल्लेख भएको छ । त्यसगरि यसअघि नेपाल सरकारले क्यान्सर पिडितलाई दिदै आएको एक लाख सहयोगमा त्यसमा पचास हजार थप दिने, सबै जिल्लामा डाइलासिस सेवा संचालनमा ल्याउने, बागमती प्रदेशका ६६ निवार्चन क्षेत्रमानै स्वास्थ्य सेवा उपलब्ध गराउन स्थानिय तहका थप २१ वटा स्वास्थ्य संस्थाबाट अस्पताल सेवा संचालन गर्ने, प्रदेश भित्रका बाबु आमा दुबै नभएका अनाथ बालबालिका हरुका लागि मासिक दुई हजार सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने, प्रदेश बिश्वबिद्यालय र स्वास्थ्य बिज्ञान प्रतिष्ठान संचालन गर्ने ,प्रदेश भित्र पाँच वटा आवासिय बिद्यालयहरु संचालन गर्ने लगायतका कार्यक्रमहरुको लागि बजेट विनियोजन गरिएको छ ।
बागमती प्रदेशका सामाजिक बिकास मन्त्री युबराज दुलालले नेपालमा पहिलो पटक बागमती प्रदेशबाट कार्यन्यनमा ल्याउनु भएको लोकप्रिय कार्यक्रम एक बिद्यालय एक नर्स कार्यक्रमलाई थप बिस्तार गर्ने भएको छ ।
यसअघि प्रदेशका एक सय २१ बिद्यालयमा संचालनमा रहेको यो कार्यक्रम अब प्रदेशका तिन सय ५९ बटा माध्यमिक बिद्यालयमा नर्स सेवा संचालन गरिने भएको छ । आर्थिक बर्ष २०७७÷७८को लागि बागमती प्रदेश सरकारले ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपयाँ बजेट विनियोजन गरेको छ ।

https://www.mirmireonline.com/wp-content/uploads/2020/06/%E0%A4%AC%E0%A4%9C%E0%A5%87%E0%A4%9F-%E0%A4%B5%E0%A4%95%E0%A5%8D%E0%A4%A4%E0%A4%B5%E0%A5%8D%E0%A4%AF-%E0%A4%AB%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%B2-Bagmati-Province.pdf

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी