सबै प्रदेश सरकारले आज बजेट ल्याउदै, बागमती प्रदेशको बजेट बढुने

सबै प्रदेश सरकारले आज बजेट ल्याउदै, बागमती प्रदेशको बजेट बढुने

  • सोमवार, असार १, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

असार १ काठमाण्डौं । प्रदेश सरकारहरुले आज तेस्रो पूर्ण बजेट प्रस्तुत गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन अनुसार प्रदेश अर्थमन्त्रीले हरेक १ असारमा आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गर्नु पर्ने हुन्छ ।

प्रदेश सरकारले तेस्रो बजेटमा भने स्रोत सुनिश्चितकाका बीच चालू वर्षमा विनियोजन गरिएको बजेटको अंक १० प्रतिशत बढीले घटाएर प्रस्तुत गर्ने तयारी गरेको छ । तर बागमती प्रदेशले चालू वर्षको तुलनामा करिब ४ अर्ब रुपैयाँ बजेट वृद्धि गरेर ल्याउने तयारी गरेपनि प्रदेश १, २, कर्णाली प्रदेश बजेट घटाएका छन् ।

त्यस्तै अन्य प्रदेशले चालू वर्षकै हाराहारीमा बजेट ल्याउने तयारीमा रहेका छन् । गण्डकी प्रदेशको पनि चालू वर्षको तुलनामा केही वृद्धि गरिने तयारी गरिएको छ ।

प्रदेश सरकारको पहिलो, दोस्रो स्रोत १० प्रतिशभन्दा खुम्चिसकेको छ भने तेस्रो स्रोत पनि कम हुने अनुमान गरिएको छ । प्रदेश सरकारको पहिलो स्रोत केन्द्र सरकारले दिने अनुदान हो ।

अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटमा प्रदेश सरकारलाई दिने अनुदान साढे ९ अर्ब रुपैयाँ घटाएका छन् ।

चालू वर्ष विनियोजन गरिएको यस्तो बजेट १ खर्ब १ अर्ब ५४ करोड रुपैयाँ रहेकामा आगामी आर्थिक वर्षमा भने ९१ अर्ब ५४ करोड रुपैयाँ मात्र विनियोजन गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी