सरकारले सार्बजनिक गर्यो १० अर्बको हिशाब, अन्य भनेर राखिएको शीर्षकको ४० को खर्च खुलेन

सरकारले सार्बजनिक गर्यो १० अर्बको हिशाब, अन्य भनेर राखिएको शीर्षकको ४० को खर्च खुलेन

  • शनिबार, जेष्ठ ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 14K
    SHARES

जेष्ठ ३१ काठमाण्डौं । सरकारले १० अर्बको हिशाब खै भन्दै आन्दोलन चर्किए पछि हिशाब सार्वजनिक गरेको छ । रकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खर्च गरेको भनिएको १० अर्ब रुपैयाँको खर्च विवरण सार्वजनिक गर्न देशभर युवाहरु प्रदर्शनमा उत्रिएपछि सरकारले शनिबार खर्च विवरण सार्वजनिक गरेको हो ।

तीनै तहबाट हालसम्म ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैयाँ खर्च भएको सरकारले जनाएको छ । संघीय संचित कोषबाट स्रोत व्यवस्थापन गरिएको रकममध्ये सबैभन्दा धेरै रक्षा मन्त्रालयले २ अर्ब ४० करोड २४ लाख ५७ हजार रुपैयाँ खर्च गरेको छ । यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ अर्ब ५८ करोड ५२ लाख ८३ हजार रुपैयाँ खर्च गरेको छ ।

यसैगरी औषधि स्वास्थ्य सामग्रीमा ३ अर्ब ९० करोड ८८ लाख रुपैयाँ, स्वास्थ्य पूर्वाधारमा १ अर्ब १२ करोड ५० लाख रुपैयाँ, जनशक्ति परिचालनमा ५ करोड ८३ लाख ३३ हजार रुपैयाँ र क्वारेन्टिनमा १३ करोड ५५ लाख ९८ हजार रुपैयाँ खर्च भएको सरकारले जनाएको छ ।
यहाँ अन्य शीर्षकमा ४० करोड १५ लाख ९ हजार रुपैयाँ खर्च भएको विवरण छ । तर त्यो अन्य भन्नाले के के मा खर्च भएको हो स्पष्ट विवरण देखिदैन ।
सरकारी खर्चको पूरा विवरण :

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी