लक्ष्मी लघुवित्त संस्था द्वारा बेल्डाँडी गाउँपालिकालाई चेक हस्तान्तरण

लक्ष्मी लघुवित्त संस्था द्वारा बेल्डाँडी गाउँपालिकालाई चेक हस्तान्तरण

  • बिहिबार, जेष्ठ २९, २०७७
  • डम्मर राज भट्ट

  • 12.4K
    SHARES

कन्चनपुर,२९ जेठ । लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा स्थापित लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड कन्चनपुरको बेल्डाँडी गाउँपालिकामा रहेको शाखाले बेल्डाँडी गाउँपालिकाको कोरोना राहता, विपत तथा क्वारेन्टिन व्यावस्थापनको लागी गाउँपालिकाका प्रमुख धन बहादुर थापा क्षेत्रीलाई बेल्डाँडी शाखाका शाखा प्रबन्धक भरत गिरी मार्फत चेक हस्तान्तरण गरिएको छ ।
बेल्डाँडी गाउँपालिका स्थित लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बेल्डाँडी द्वारा कोरोना राहत, विपत तथा क्वारेन्टिन व्यावस्थापनको लागी रु १०,००० हजारको चेक हस्तान्तरण गरिएको हो । यस अघि संस्थाले सातवटै प्रदेश लाई २ , २ लाखको दरले रु १४००,०००।– सहयोग गरी सकेको छ, भने ७२ वटा शाखा कार्यालय रहेको स्थानिय कार्यालय मार्फत थप रु ७,००,०००।– गरी देश भरी जम्मा रु २१०००००।– सहयोग हुने संस्थाले जनाएको छ ।
शाखाले आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत केहि भए पनि कोरोना विरुद्धको लडाईमा एक्युबद्धता जनाउन पाएकोमा निकै खुशी लागेको लक्ष्मी लघुवित्त वित्तीय संस्था लि शाखा कार्यालयका शाखा प्रबन्धक भरत गिरीले जनाउनु भएको छ । साथै शाखा कार्यालय अन्तरगत आफनो ग्राहक सदस्यहरुलाई सुरक्षित रहन र आगामी असार मसान्त सम्म व्याज दर घटेको हुदा जति सकिन्छ किस्ता जम्मा गर्न समेत संस्थाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ