बालुवाटार बाहिर सरकार बिरुद्ध हजारौको प्रदर्शन, आज पनि पानीको फोहोरा र अश्रुग्यास

बालुवाटार बाहिर सरकार बिरुद्ध हजारौको प्रदर्शन, आज पनि पानीको फोहोरा र अश्रुग्यास

  • बिहिबार, जेष्ठ २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.4K
    SHARES

काठमाण्डौं जेष्ठ २९ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बाहिर आज पनि हजारौको संख्यामा भेला भएकाहरुले नाराबाजी र प्रदर्शन गरेका छन् ।

१० अर्बको हिशाब सार्वजनिक गर्नु पर्ने, कोरोना नियन्त्रणमा ध्यान नदिएको, मनोमानी कर बृद्धि गरिएको, जस्ता माग राखेर उनीहरुले प्रदर्शन गरेका हुन् । आज बालुवाटार बाहेक भाटभटेनी नजिक पनि प्रदर्शन भएको छ ।

मंगलबार जस्तै आज पनि आन्दोलनकारीलाई पानीको फोहोरा हानिएको र केही अश्रुग्यास समेत प्रहार गरिएको आन्दोलनकारीले बताएका छन् ।

प्रदर्शनकाकारीले ‘राष्ट्रघाती एमसीसी खारेज गर, राष्ट्रिय स्वतन्त्रताको रक्षा गरौँ, दलालहरु होशियार, प्रहरी हस्तक्षेप बन्द गर’ जस्ता नारा पनि लगाएका छन् ।

लकडाउन भनिए पनि हजारौ प्रदर्शनकारीले त्यसको प्रवाह नगरी आन्दोलन गरेका हुन् । यस अघि मंगलबार पनि बालुवाटार अगाडी प्रदर्शन गर्न पुगेकाहरुलाई प्रहरीले पानीको फोहरा हानेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ