टाँचा बिनै काठ बेच्दै सामुदायिक वन

टाँचा बिनै काठ बेच्दै सामुदायिक वन

  • बुधबार, जेष्ठ २८, २०७७
  • डम्मर राज भट्ट

  • 10.9K
    SHARES

कन्चनपुर , २८जेठ लकडाउनको मौका छोपी कञ्चनपुरका केही सामुदायिक वनले मनपरी एव गैर कानुनी रुपमा काठ बिक्रि वितरण गरेपछी उपभोक्ता असन्तृष्ट भएका छन् । डिभिजन वन कार्यालयबाट कटानी आदेश लिएर बढि रुख काटेर सुटुक्क स्थानीय आफ्न मान्छे र काठ उद्योतमा रातारात बिक्रि वितरण भईरहेको उपभोक्ताको चरम गुनासो बढ्दै गएको छ । देखतभूलीको अपि सामुदायिक वनले टाँचा बिनै काठ बिक्रि वितरण गरेको उपभोक्ताले बताएका छन् । उपभोक्ता बहादुर धामीले बिना टाचा बिक्रि वितरण भईरहेको काठ अवैध भएकाले यस्तो कार्य हुँदा पनि सम्बन्धीत निकायले नरोक्नु दुखत भएको बताए । केही घर र मिलम पुगेका काठमा रातारात काठमा टाँचा लगाएपनि केहीमा बाँकी रहेको उनले बतए ।

अपि सामुदायिक वनका पुर्व अध्यक्ष मदन नाथले टाँच बिनै काठ काटेर बिक्रि वितरणबाट सामुदायिक वनमा बेथिति मौलाएको बताए । उनले यस्तो कार्य कसको संरक्षणमा हुँदैछ, भन्ने चिन्त व्यक्त गरे ।

वनभित्र थुप्रै बेथिति हुँद पनि नियन्त्रण तर्फ कसैले ध्यान नदिएको उनको गुनासो छ । अर्का स्थानीय एव उपभोक्ता तारा गिरीले गैर कानुनी र निन्दनिय कार्य भएको टिप्पणी गरे । अपि सामुदायिक वनका अध्यक्ष देवान सिह धामीले हामीले बिक्रि गरेको काठम टाँचा लगाएको बताए । ‘एक तर्फ बिर्सिएपनि अर्कोतिर हानेका छौँ, ‘उनले भने, ‘उपभोक्ताले हेर्न नभ्याएको हुनुपर्छ ।’ केही व्यक्तिले अनाहकमा अफवाह फैलाईरहेको उनको जिकिर थियो ।

डिभिजन वन कार्यालय कञ्चनपुरले टाँचा बिनै रुख काट्न नमिल्ने बताए । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रवक्ता शिवराज अवस्थीले टाँचा बिनै न बिक्रि वितरण गर्नपाईन्छ नत ओसार पोसार गर्न नै पाईन्छ । यस्तो कार्य गरेमा कार्बाही हुने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ