एमसीसीबारे अलमलमा नेकपा, बैठक सरेको सरेकै !

एमसीसीबारे अलमलमा नेकपा, बैठक सरेको सरेकै !

  • बुधबार, जेष्ठ २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

जेष्ठ २८ काठमाण्डौं । नेपालमा विवादीत बनिरहेको मेलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसीका बारेमा नेकपा अझै पनि अलमलमा रहेको छ । झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको प्रतिवेदन अनुसार हुबहु पारीत गर्न पनि अप्ठेरो परेका बेला कसरी पारीत गर्ने भनेर नेताहरु अझै सहमत हुन सकेका छैनन् ।
संसदमा नीति तथा कार्यक्रम र बजेटमा समेत एमसीसी प्रवेश गराईएको भन्दै भीम रावल सहतिका नेताहरुले सदनमै प्रश्न गरेका थिए । झलनाथ खनाल लगायत अधिकाश नेताहरु एमसीसी केही बुदाहरु शसोधन गरेर मात्रै एमसीसी पारित गर्नु पर्ने पक्षमा रहेका छन् । प्रधानमन्त्री केपी ओली एमसीसी तत्काल पारीत गराउने पक्षमा रहेका छन् ।
सभामुख अग्नी सापकोटा समेत सहमति पछि मात्रै कार्यसुचीमा एमसीसी प्रवेश गराउने पक्षमा रहेका छन् । सोमबार , मंगलबार क्रमशः बैठक प्रधानमन्त्री तथा अध्यक्ष ओलीकै कारण सचिवालयको बैठक स्थगित भ्रएको अन्य नेताको आशका शुरु भएको छ । हिजो सचिवालयको बैठक बस्न नसके पछि अर्का अध्यक्ष प्रचण्ड निवासमा माधव कुमार नेपाल र वामदेव गौतम पुगेर सचिवालयको बैठकका बिषयमा छलफल भएको थियो । सोमबार सरेको बैठक मंगलबार पनि नबसे पछि बुधबार भनिएको थियो । तर आज पनि संसदमा सवोधन र मन्त्रीपरिषद्को बैठकका कारण सचिवालयको बैठक हुने संभावना कम देखिएको नेताहरु बताउछन् ।

स्वयं प्रचण्डलाई समेत सचिवालयको बैठकको सुचना नदिएका ेब्रिफिगं उनले अन्य नेतालाई गरेको स्रोतको दाबी छ । सचिवालयको बैठक आधिकारीक रुपमा राख्नु भन्दा पनि अध्यक्ष ओलीलले एमसीसीका पक्षमा सहमति जुटाउन बामदेव गौतम सहितका नेतालाई लविङ गरेको चर्चा शुरु भएको छ ।
अब फेरी नेकपा भित्र सचिवालयको बैठक र एमसीसीले आन्तरीक विवाद र उल्झनको नयाँ श्रृखला शुरु हुने संकेत देखिएको छ । बहुमत नेता जस्ताको तस्तै पारित गर्न नहुने पक्षमा हुदा हुदै पनि अध्यक्ष ओली एमसीसी पारित गराएरै छाड्ने गरी लागि परेको स्रोतहरुको दाबी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ