बेलौरी नाका भएर भारतबाट आएको तस्करीको सामान चाँन्देवमा सशस्त्र प्रहरीको फन्दामा

बेलौरी नाका भएर भारतबाट आएको तस्करीको सामान चाँन्देवमा सशस्त्र प्रहरीको फन्दामा

  • सोमवार, जेष्ठ २६, २०७७
  • डम्मर राज भट्ट

  • 9.7K
    SHARES

कञ्चनपुर, २६ जेठ । अहिले कोरोना महामारीको चलिरहेको छ । तर, कञ्चनपुरको बेलौरीमा खुलेयाम तस्करी भईरहेको छ । तस्करी नियन्त्रण तर्फ कसैले ध्यान दिएको छैन् । कोरोना रोकथामका लागि सरकारले सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटाएको छ ।

तैपनि भारतीय नाकासंग जोडिएको बेलौरी नगरपालिका क्षेत्रमा भने तस्करी रोकिएको छैन् । यसको जिम्मेबारी कस्को रु भारतसंग सीमा जोडिएको कञ्चनपुरका पाँच स्थानीय तह मध्ये सबैभन्दा बढि विवादित र तस्करी हुने बेलौरीमा सीमा क्षेत्रमा सशस्त्र प्रहरी , नेपाल प्रहरी खटिदा पनि तस्करी भएपनि स्थानीय जनप्रतिनिधी रुष्ट देखिएका छन् । बेलौरी नगरपालिका १ का वडाध्यक्ष रतन बहादुर शाहीले बेलौरीका नाकाबाट तस्करी गर्न बोर्डर आउट पोष्ट र नेपाल प्रहरीको मिलोमतोमा भएको आरोप लगाएका थिए । उनले विभिन्न संचार माध्यममा खुलेरै नेपाल प्रहरी र बिओपी बेलौरीको मिलोमतो भएको ठोकुवा गरेका थिए । बेलौरीका सीमा क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएका छन् । तर भारतबाट बेलौरी नाका भएर झलारी तर्फ आईरहेको तस्करीको सामान लालझाडी गाउँपालिका -६ चाँन्देवमा सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीको टिमले बरामद गरेको छ ।

बेलौरीदेखि उत्तर झण्डै १० किलोमिटर उत्तरी गाउँमा तस्करी भईरहेको अवस्थामा सशस्त्र प्रहरी ३५ नम्बर गण शैलेश्वरीको टिमले बरामद गरेको छ । घटनाक्र्मले के देखाउँछ, भने भारतबाट बेलौरी नाका भएर आएको तस्करीको समान बेलौरीमा मात्र नभई नाकामा बरामद नहुनु, बेलौरीमै पनि नहुन, तस्करले आधा बाटो पु¥याईसकेपछि गणको टिमले बरामद गरेपछि यस अघि बेलौरीका जनप्रतिनिधीले बिओपी बेलौरीलाई लगाएको आरोप कतै सत्य नै हो, कि जस्तो लाग्छ । सशस्त्र प्रहरी शैलेश्वरी गणबाट खटिएको टोलीले भारतबाट बेलौरी नाका भएर आएको तस्करीको मध्यपान९सुर्ति, खैनी, बिडी० लगायतका समाान बरामद गरेको हो । बरामद गरेको उक्त समान भन्सार चलान गरिने छ । यस अघि पनि सशस्त्र प्रहरी बल शैलेश्वरी गणबाट खटिएका सशस्त्र प्रहरी निरीक्षक सुदिप कार्की नेतृत्वको टिमले तीन बोरा बिडी बरामद गरेको थियो ।

बेलौरीका जनप्रतिनिधी अनुसार लकडाउन शुरुकै दिनदेखि तस्करी हुँदा पनि सीम क्षेत्रमा खटिएका अधिकारीले नरोकिएदिएपछि कतै उनीहरुको तस्करसंग मिलोमतो भएको उतिबेलैदेखि आरोप आशंका गर्दै आएका थिए । तर, सशस्त्र प्रहरीले भने सीमा क्षेत्रमा खटिएका अधिकार एव शसस्त्र प्रहरीको तस्करसंग मिलोमतो गरेको पृष्टीभए कार्बाही गर्ने जनाएको छ । कञ्चनपुरमा सशस्त्र प्रहरीले कोरोनाको चैन तोड्नदेखि हतियार बोक्ने जनप्रतिनिधी, लागु औषधक तस्कर नियन्त्रणमा लिए पनि बेलौरी क्षेत्रबाट हुने तस्करी नरोकिएपछि स्थानीय समेत अचम्मित भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ