पहिलो पल्ट एकैदिन १०२ जना कोरोना संक्रमित निको भएर घर फर्किए, डिस्चार्ज हुनेको संख्या ४६७ पुग्यो

पहिलो पल्ट एकैदिन १०२ जना कोरोना संक्रमित निको भएर घर फर्किए, डिस्चार्ज हुनेको संख्या ४६७ पुग्यो

  • आइतवार, जेष्ठ २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 21.2K
    SHARES

काठमाडौं, २५ जेठ । पहिलो पल्ट एकै दिन १०२ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । आज थप १०२ जना कोरोना भाइस संक्रमण जितेर डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।विकास देवकोटाले जानकारी दिनुभयो ।

योसहित कोरोना जित्नेको संख्या ४६७ पुगेको छ। जसमध्ये कोरोना जित्नेमा पुरुष ३९९ र महिला ६८ जना रहेका छन्।

धरानबाट झापाका १२ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्। उनीरु १० औं दिनमा डिस्चार्ज भएका हुन्। यस्तै बाराबाट ३४ जना, काठमाडौंको बलम्बु अस्पतालबाट महोत्तरीका १ जना, बुटवलबाट २७ जना, दाङबाट १० जना र गौरबाट १८ जना डिस्चार्ज भएको प्रवक्ता देवकोटाले बताउनु भयो ।

यस्तै शुक्रबार थप २१३ जनामा कोरोन संक्रमण पुष्टि भएको छ। मन्त्रालयका प्रवक्ता देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २१३ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन्।२०९ जना पुरुष र ४ जना महिला छन्।

हालसम्म पीसीआर विधिबाट ९६ हजार २०५ र आरडीटी विधिबाट १ लाख ४५ हजार ४९ नमूना परीक्षण भएका छन्। गत २४ घन्टामा पीसीआर विधिबाट ३७ सय २८ र आरडीटी विधिबाट ७६ सय १४ परीक्षण नमूना भएका छन्।

क्वारेन्टाइनमा १ लाख ७० हजार ७३२ जना रहेका छन्। ४६७ जना डिस्चार्ज भएका छन्। १३ जनाको मृत्यु भइसकेको छ। ७१ जिल्लामा कोरोना भाइरस संक्रमण फैलिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ