लकडाउन अविधिभरको कर मिनाहाको माग गर्दै वीरगञ्जमा प्रदर्शन

लकडाउन अविधिभरको कर मिनाहाको माग गर्दै वीरगञ्जमा प्रदर्शन

  • शनिबार, जेष्ठ २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.5K
    SHARES

पर्सा, २४ जेठ । नेपाल सरकारले घोषणा गरेको लकडाउन अवधिभरिको कर मिनाहाको माग गर्दै नेपाली काँग्रेसका नेता कार्यकर्ताले आज वीरगञ्जमा प्रदर्शन गरेका छन् । नेपाली काँग्रेस पर्सा क्षेत्र नं १ को अगुवाइमा पार्टीका नेता कार्यकर्ताले वीरगञ्जको आदर्शनगर चोकमा विभिन्न नारा लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

कोरोना भाइरसको सङ्क्रमणलाई फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनले सबै नेपालीलाई आर्थिक समाजिकरुपमा ठूलो असर पारेकाले सङ्कटको यस घडीमा लकडाउन अवधिभरको कर, बंैक ब्याज तथा बिजुलीको बिल माफ गरी सरकारलाई अभिभावकीय भूमिका निर्वाह गर्न नेपाली काँग्रेस पर्साका सभापति अजयकुमार द्विवेदीले आग्रह गर्नुभयो ।

उहाँले लकडाउनका क्रममा उद्योग व्यापार ठप्प भई व्यक्तिको आम्दानीको स्रोत नै बन्द भएकाले सो अवधिकोे कर मिनाहा गरी सरकारले जनतालाई राहत दिन अति नै जरुरी रहेको बताउनुभयो ।

देशकै ठूलो वीरगञ्ज–पथलैया औद्योगिक करिडोरमा रहेका सबै उद्योग, वीरगञ्जमा रहेका सबै पसल, व्यापार बन्द हुनुका साथै कृषि कार्यसमेत लकडाउनमा प्रभावित भई सबैले ठूलो आर्थिक नोक्सानी उठाइरहेका बेला सरकारले जनतालाई राहत पु¥याउँदै सबै कर र तिनमा लाग्ने ब्याज मिनाहा नगरे अहिले चलिरहेको भद्र अवज्ञालाई आउने दिनमा कडा पार्दै लैजाने नेता द्विवेदीले चेतावनी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ