४६ प्रतिशत उद्योग मात्र सञ्चालनमा, उत्पादन क्षमतामा कमी

४६ प्रतिशत उद्योग मात्र सञ्चालनमा, उत्पादन क्षमतामा कमी

  • शनिबार, जेष्ठ २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौँ, २४ जेठ। बन्दाबन्दी लम्बिँदै जाँदा अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगको उत्पादन क्षमतामा कमी आउन थालेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकानुसार बन्दाबन्दीको शुरुवाती चरणमा भन्दा हाल उद्योग सञ्चालनमा कमी आउन थालेको हो । बन्दाबन्दीको शुरुआती चरणमा ४९ देखि ५१ प्रतिशतसम्म सञ्चालनमा आएको उद्योग हाल (जेठ २० गतेसम्म) ४६ प्रतिशतमा झरेको उद्योग मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले बताउनुभयो । उहाँका अनुसार मुख्य पाँच औद्योगिक करिडोर अत्तरिया–धनगढी, नेपालगञ्ज–कोहलपुर, बुटवल–बेलहिया, पथलैया–वीरगञ्ज र इटहरी–विराटनगरमा शुरुको एक महिना (वैशाख १३ गतेसम्म) ४९ प्रतिशत उद्योग सञ्चालन भएका थिए ।

एक महिनाका अवधिमा १० औद्योगिक क्षेत्रमा रहेका अत्यावश्यक वस्तु उत्पादन गर्ने ५९७ उद्योगमध्ये १५० उद्योग मात्र सञ्चालनमा रहेका थिए । पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका उक्त उद्योगमा बन्दाबन्दी अगाडि पाँच हजार १९० मजदूर रहेकामा एक महिनामा एक हजार ६०२ जना मात्र कार्यरत रहेका थिए । यसैगरी गत वैशाख १३ सम्म ४९ प्रतिशतमा सञ्चालनमा आएका उद्योग वैशाख मसान्तसम्म ५१ प्रतिशतमा सञ्चालनमा आएका थिए ।

वैशाख मसान्तसम्म ३४९ उद्योग सञ्चालनमा रहेकामा जेठ २० सम्ममा अत्यावश्यक वस्तुको उत्पादन गर्ने ३३८ उद्योग सञ्चालनमा छन् । चैतमा पूर्ण क्षमतामा सञ्चालनमा रहेका अक्सिजन र एलपी ग्यास उद्योग हाल पूर्ण क्षमतामा सञ्चालनमा छन् भने अन्य उद्योगको सञ्चालन क्षमतामा कमी आएको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकानुसार चैतमा ८० प्रतिशतसम्म सञ्चालनमा रहेको खाद्य उद्योग (बिस्कुट, चाउचाउ) हाल ५० देखि ६० प्रतिशत, ७५ प्रतिशत क्षमतामा सञ्चालन रहेको खाद्य उद्योग (चामल, चिउरा, दाल, पीठो, तेल आदि) हाल ५५ प्रतिशत तथा ८० प्रतिशत सञ्चालनमा रहेको दुग्ध उद्योग हाल ६० प्रतिशतमा सञ्चालन भएका छन् । यसैबीच पचास हजार मेट्रिक टन मौज्दात रहने चिनी उद्योगमा हाल चालीस हजार मेट्रिक टन चिनी मौज्दात छ । चैतमा ८० प्रतिशत सञ्चालनमा रहेको दाना, ह्याचरी र कुखुरापालन उद्योग हाल ४० प्रतिशत, ७० प्रतिशत सञ्चालनमा रहेको औषधि उद्योग हाल ६० प्रतिशत, पूर्ण क्षमतामा सञ्चालनमा रहेको खानेपानी उद्योग ६० र ७० प्रतिशत सञ्चालनमा रहेको चिया उद्योग हाल ३० देखि ४० प्रतिशतसम्म सञ्चालनमा छन् ।

बन्दाबन्दीपूर्व ११ हजार ७३६ मजदुर कार्यरत रहेकामा हाल चार हजार ९ सय मात्र कार्यरत तथा छ हजार ८३६ मजदूर अनुपस्थित छन् । सञ्चालनमा रहेका सबै उद्योग बन्दाबन्दीको पूर्णपालना गरेर सञ्चालन गरिएको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी