सौराहा प्रवेशद्वार निर्माण कार्य अन्तिम चरणमा

सौराहा प्रवेशद्वार निर्माण कार्य अन्तिम चरणमा

  • शनिबार, जेष्ठ २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 20.9K
    SHARES

चितवन । पर्यटकीय नगरी सौराहा प्रवेश गर्ने बूढीराप्ति चित्रसारी पुलमा प्रवेशद्वार निर्माणलाई तीव्रता दिइएको छ ।

पर्यटकीय क्षेत्र प्रवेश गरेको अनुभूति दिलाउने गरी पाँच वर्षअघि प्रवेशद्वार निर्माण थालिएको भए पनि कामले पूर्णता पाउन सकेको थिएन ।

क्षेत्रीय होटल संघ चितवन सौराहाका प्रथम उपाध्यक्ष एवं प्रबेशद्धार निर्माण समितिका सचिव राममणि खनालका अनुसार नेपाल पर्यटन बोड, बागमती प्रदेश सरकार र स्थानीय संघ संस्थाको सहयोगमा पाँच वर्षअघिबाट प्रवेशद्वार निर्माण थालिएको हो ।

प्रवेशद्वार निर्माण समितिका सचिव खनालका अनुसार पाँच वर्षअघि काम थालेको भए पनि बजेटको अभावमा निर्माण कार्य विचमा रोकिएको कारण केहि ढिलोे भएको वताए । उनले भने कोरोना भाईरसको कारण जारी लकडाउनको सयमा पनि प्रवेशद्धार निर्माण कार्यलाई निरन्तरता दिईएको र निर्माण कार्य अन्तिम चरणमा पुगेको वताए ।

प्रवेशद्वार निर्माणका लागि हालसम्म बागमती प्रदेश सरकारको १६ लाख ३२ हजार, पर्यटन बोर्डको २२ लाख पैतालीस हजार सहयोग प्राप्त भएको र अपुग रकम स्थानीय निकाय एवं संघ संस्थाको सहयोगमा निर्माण कार्य सम्पन्न हुने प्रवेशद्वार निर्माण समितिका अध्यक्ष नारायण भट्टराईले वताए ।

प्रवेशद्वार निर्माण सम्पन्न गर्दा ४५ लाखको हाराहारी खर्च हुने अनुमान गरिएको छ । प्रवेशद्वारको बाहिरी भागमा काठ टाँसेर त्यसमा जनाबरको आकृति कुँदेर आकर्षक बनाइने छ ।

प्रवेशद्वारको दुबै तर्फ गैँडाको मूर्ति राखिने छ । प्रवेशद्वार सम्पन्न हुँदा निकै आकर्षक र महत्वपूर्ण पर्यटकीय क्षेत्रमा प्रवेश गरेको अनुभूति हुने क्षेत्रीय होटल सँघ सौराहाका कार्यलय सचिव दीपेन्द्र श्रेष्ठले वताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ