जेष्ठ २३ काठमाण्डौं । जुवा खालबाट आइतबार पैसा सहित पक्राउ परेक गिनी गणतन्त्रका अवैतनिक राजदूत अशोककुमार अग्रवाल सहितका अन्य व्यापारीहरु सामान्य धरौटीमा छाडिएका छन् ।
अशोक अग्रवाल ४० हजार धरौटीमा छुटे भने त्यही समूहमा एनआइसी एसिया बैंकका प्रमोटर रामचन्द्र संघाईसहितका उच्च घरानिया मारबाडीहरु ३०÷३० हजार धरौटीमा छुटेको प्रहरीले जनाएको छ ।
छुट्नेहरुमा बुटिक होटल सञ्चालक निकी जोगाई, नन्दकिशोर शर्मा, विमलकुमार खेतान, विमल ओहुजा, सुरेशकुमार अग्रवाल, गोविन्द घिरैया, अशोककुमार अग्रवाल, पुरुषोत्तम अग्रवाल छन् । उनीहरुको साथबाट आईतबार राति २ लाख बढी नगद सहित समातिएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline