“ मुखिया बा को डर ”

“ मुखिया बा को डर ”

  • शुक्रबार, जेष्ठ २३, २०७७
  • -बिनोद पोख्रेल हाल न्यूयोर्क

  • 27.3K
    SHARES

खोला नाला पहाडहरु का बिच एउटा सुन्दर गाँउ थियो। त्यहाँ धेरै किसिमका मान्छेहरु बस्थे। त्यो सुन्दर ठाउको सबै भन्दा पश्चिम तर्फ रहेको खोला पारि गाउको सबै भन्दा धनी मान्छे मुखिया बाजे बस्थे उनि संग प्रसस्तै संम्पति पनि थियो र खोला पारि पनि उनकै भाई भतिजाहरु बस्थे उनको नाम ईसुबा थियो र मुखियाबाले भनेको कुरा उनिहरु प्राय जसो मान्थे। अलि वर बिचमा धेरै किसिमका मान्छे बस्थे कोहि मुखियाकै हितैसि पनि थिए कोहि मुखियालाई सिध्याउन खोज्ने उनका दुस्मनहरु पनि थिए। पुर्ब र दक्षिण तिर धेरै मेहनति गरिखाने मान्छेहरु बस्थे भने उत्तर तिर दुई जना धेरै जग्गा जिमिन भएका मान्छेहरु बस्थे। ति दुई मद्ये उत्तर तर्फको को नाम जिम्दार बाजे थियो भने अर्को संगैको छिमेकिको नाम प्रधान बाजे थियो। त्यस ठाँउ भरिनै ठुलो परिवार प्रधान बाको थियो। जिम्दार बाजे र मुखिया बाजेको पहिले पहिले खुबै लडाई हुन्थ्यो रे पछि जिम्दार बाजेको छोराहरु भिन्न भएछन र आफु पनि उमेर ढल्कदै जादा अलि कमजोर भएर बसि रहेका थिए। यता प्रधार बाजे पहिले त धेरै कमजोर थिए तर मेहनति भएको कारण धेरै प्रगति गरि रहेका थिए आफ्ना नजिका छिमेकिहरुलाई पनि सहयोग गरि रहन्थे र आफ्नो उत्पादन गाउँको पश्चिम कुनामा रहेका मुखिया बा लाई बेच्थे यि दुईको एक आपसमा बेच बिखन व्यापार व्यबसाय निकै चल्थ्यो ।दुबै त्यो गाउँका पहिलो दोश्रो धनिमा आई सकेका थिए तर भित्र भित्र एक आपसमा ईर्श्या खुब गर्थे पाए भने एकले अर्कोलाई सिध्याउन पनि पछि पर्दैन थिए। उनलाई पछार्न तिनका छिमेकिहरुलाई पनि उचाल्थे। दुबै बाबरु चतुर खेलाडि थिए। तेई प्रधानबा को तलतिर एउटा मान्छे बस्थे तिनको नाम गोरखबा थियो ति दुईको बिचमा ठुलो पर्खाल लगाएको थियो। गोरखबा गरिब भए पनि स्वाभिमानि थिए। कसै संग नझुक्ने हुदा तिनलाई सबैले माया गर्थे सहयोग गरि रहन्थे।

गोरखबा को दक्षिण तर्फ घर जोडिएको गाउकै दोश्रो ठुलो परिवार बस्थ्यो उस्को नाम थियो महन्तबा। गोरखबा र महन्तबा को घर परिवारमा आउने जाने निर्बाध चल्थ्यो तिनीहरु बिच कुनै पर्खाल पनि थिएन र घर परिबार छोरा छोरि बुहारिहरुमा पनि राम्रो सम्बन्ध थियो। महन्तबाले गोरखबालाई सहयोग गरेझै पनि गर्ने अलि हेप्न खोज्ने र जग्गा पनि मिच्न खोज्थ्यो। गोरखबा पहिले अलि बिरामि थिए र महन्तबाले अलि पेलेरै राखेका थिए र जे भने त्यो मान्नु पर्ने बाध्यता जस्तो थियो। एक पटक त गोरखबा का भाईहरु बिच लडाई पनि भयो महन्तबाले उकासेको आरोप पनि थियो तर पछि उसैले मिलाएको पनि भनियो जे होस अहिले भित्र अलि अलि मन मुटाब भए पनि अरुले हेर्दा मिलेकै छन। एउटा भाईले उतै तिर बाट बिहे गरेका छन क्या रे ।घरमा पनि कोठा तल तिरै जोडिएको यसो भित्र भित्र खास खुस सल्लाह हुन्छ कि क्या हो कहिले काहि यसो दाई भाईसंग सामान्य झगडा पनि हुन्छ तर जेभएनि घर त घरै हो छिमेकिले चलाउने होईन भन्ने बुझेर चुप चाप बस्छ। अहिले उपचार गरि गोरखबा अलि तंग्रिदै आएका छन र आफ्ना छिमेकिले मिचेका सिमाना पनि हेर्न लाएका छन। बिग्रे भत्केको घरलाई पनि राम्रो बनाउछु भनेर जोड गरि रहेका छन। मुखिया बाले पनि गाउ तिर धेरै ठाउमा सहयोग गरिरहेको थिए।

केहि समय अघाडी कुरो होला मुखियाबा को घरको उत्तर पुर्बि एउटा बुर्जामा गाउको बिच तिरै बस्ने गाउँले ले तिखो ढुंगा हानेर बुर्जा ढालेछ र त्यहिं बसेर आनन्द लिईरहेका घर परिबारका केहि मान्छे पनि मरेका रहेछन। मुखियाबा सारै दुखिद भए गाउँलेहरुले पनि दुख मनाउ गरे। केहि पछि मुखियाबाले आफ्ना मिल्ने गाउका साथी भाईहरुलाई जम्मा गरेर यस्तो घटना भयो अरुलाई पनि पर्न सक्छ अब हामी मिलेर तिनिहरुलाई पिटेर ठिकलाउनु पर्छ भनेर भनेका रहेछन् तर अरु उनका हितैसिले तेसरि हुदैन यो सब उनिहरुको गरिबिको कारणले हो हामीले उनिहरुको गरिबि नियन्त्रण गर्ने तिर योजना निकाल्यौ भने उनिहरुको समस्या पनि समाधान हुने र हामीलाई साथ सहयोग पनि हुने निश्कर्ष निकालेका रहेछन। गाँउ भरका सबै भन्दा धनि भएकोले गाउँलेहरुलाई सहयोग गर्न एउटा ठुलो फन्ड खोल्ने जिम्मा पनि मुखिया बालाई नै दिई र केहि समय पछि एउटा भकारि सताब्दि फन्ड “भसफ” खोलेर ठुलो राषीको कोष खडा गरेछन्। हाम्रा गोरखबा पनि समय समयमा गाउँ घरको मिटिंग भेलामा मुखियाबा कहाँ जाने गरेका थिए र त्यो “ भसफ” खोले पंछिको कुरो हो गोरखबा मुखियाबा कहाँ गएका थिए। त्यो “भसफ” भन्ने कुरो थाह पाएछन र के कसरि लिन सकिन्छ भन्ने सोचेर कुराकानि अघाडि बढाएछन्। त्यो लिन लाई पनि सजिलो भने रहेनछ मुखियाबालाई धेरै कुराको प्रतिबद्धता गर्नु पर्ने रहेछ र प्रक्रिया धेरै रहेछ तर पनि आफ्मो घरमा यति ठुलो सहयोग सित्तैमा पाईन्छ भने किन प्रयास नगर्ने भनि कोसिस गरेछन र एंउटा सानो सहयोगको अंस पाएर घरमा खर्च पनि गरेछन र त्यो कुरा मुखियाबालाई चित्त बुझ्यो र मुखियाबाले गोरखबालाई सोधे छन। तिमिलाई आ्फ्नो घर परिवारको उन्नति प्रगति गर्न तिम्रा कुनै दुई वटा ठुलो योजना छन भने भन भनेछ। गोरखबा को घर जग्गामा खोलाहरु पनि थिए तेसबाट पानी घट्ट चलाई बिजुलि निकाल्ने योजना अघाडि बढाई सकेका रहेछन। त्यहाँ बाट बिजुलिको तार तानेर आफ्ना छिमेकिहरुलाई बेचेर आम्दानीको नियमित श्रोत बनाउनु पनि थियो र त्यसमा धेरै पैसा लाग्थ्यो त्यसमा एउटा सहयोग गरिदिन बताए।अनि दोश्रो आफ्नो जग्गाहरुमा जाने बाटो पनि राम्रो थिएन एउटा कुनै ठाउ देखाएर त्यहाँ राम्रो बाटो बनाएर सहयोग गरिदिन भने। यसरि पानि घट्टबाट बिजुलि तानि दिने र एउटा ठाउको बाटो बनाई दिने सहमति मुखियाबा ले कागजमै गरि दिए। तर मुखियाबालाई बिश्वास लागेन मैले दिएको सहयोग दुरुपयोग हुन्छ कि, समयमा गर्छु भनेको कुरा गर्दैनन कि, र भाई भाई झगडा गरेर आफ्नो लगानी नै खेर जाने होकि, कसैले मुद्दा मामिला गरि बिचमै तुहिने होकि आदि संखा गर्दै ५ बर्ष भित्र काम सम्पन् गर्नै पर्ने समय सिमा तोकि सबै परिवार वा बहुमत सदस्यहरुको बैठकबाटै सहमति भएको लिखित कागज पाए मात्र काम सुरु गर्ने द्विपक्षिय सहमतिमा राखेका थिए। केहि बर्ष यता गोरखबा बिरामि भएको कारण घरको रेख देख उनका भाईहरु एक आपसमा मिलेर एक जना कसैको नेत्रित्वमा व्यबहार चलाई रहेका थिए र त्यसको जानकारि सबैलाई हुन्थ्यो। यो “भसफ” सहयोग लिने बारेपनि बिगत देखि सबैले हेरेका देखेका बुझेकै थिए। केहि समय पछि गोरखबा अलि बलियो हुदै जादा घर परिबारको बैठक बसि त्यो “भसफ” को सहमति गराएर र त्यसको सहयोग लिने जिम्मेबारि उनलाईनै परेको थियो त्यसमा अरु भाईहरुको सहमति नै देखिन्थ्यो। तर यसै बिच समय गुज्रदै जादा छोराहरु पनि ठुला भैसकेका थिए परिवारहरु का बिच पनि त्यो “भसफ” लिने नलिने ठुलै बिबाद भैरहेको थियो। यि सबै परिवारका सदस्यहरुलाई केहि समय अगाडि नै भएको सहमति सबै थाहा थियो। केहि त त्यो सहमतिको साचि पनि बसेका थिए तर खै किन बिबाद गरि रहेका थिए थाह थिएन। कोहि भन्थे यो “भसफ” आयो भने मुखिया बाले यहाँ गोठालाहरु राख्छन हामीलाई गुलामी बनाउछ, कोहि भन्दै थिए यो सित्तैमा आएको र लामो समयको प्रयास हो त्यसै छोडनु हुदैन। यता मुखिया बाले भन्दै थिए यो तिमिहरु जस्तै गाउका ४०-५० घरलाई यो सहयोग दिई सकेको छु अबसरको सदुपयोग गर। एक दिन बेलुका एक जना घरकै सानो उमेरको सदस्यले भनेछ तपाईहरु आपसमा खिचलो गर्दै गाउँ भरका मान्छेलाई किन हसाउदै हुनु हुन्छ? सबै एक ठाउमा बैठक बस्नुस छलफल बिचार बिमर्स गर्नुस लिने भए लिनोस नलिने भए लिदैनौ भन्नुहोस! मुखियाबा मुखमा कोचाई दिन आएका छन र ? आगनमा बसेर यो नौटंकि किन गरिनु हुन्छ? दुनिया किन हसाउनु हुन्छ ? यो खिचलो गर्ने समय आफ्नै खेत बारिमा मेहनत गरेर कमाउन तिर लाग्नोस, त्यस पछि हामीलाई कसैको सहयोगको जरुरत पर्ने छैन। यति कुरा सुने पछि सबै एक आपसमा मुखामुख गर्दै भोली बैठक बसेर टुंगो लगाउने गरि सुत्न गएका गए। तिनले भोलि के निर्णय गरेका थिए कथाको अर्को भागमा क्रमश: आउनेछ ….. !!

-बिनोद पोख्रेल हाल न्यूयोर्क

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी