उद्योग बाणिज्य संघको एम्बुलेन्समा ब्राउन सुगर ! प्रहरीद्धारा कार्बाही शुरु

उद्योग बाणिज्य संघको एम्बुलेन्समा ब्राउन सुगर ! प्रहरीद्धारा कार्बाही शुरु

  • शुक्रबार, जेष्ठ २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

घोराही, २३ जेठ । दाङको तुलसीपुर उद्योग बाणिज्य संघको एम्बुलेन्स लागुऔषध ओसारपसारमा संलग्न रहेको पाईएको छ । बाँकेबाट तुलसीपुर आउँदै गरेको संघको रा १ च ३८९ नम्बरको एम्बुलेन्समा १६ ग्राम ४५० मिलिग्राम ब्राउन सुगर फेला परेको हो । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर–अमिलिया सडकको दमारगाउँबाट नियन्त्रणमा लिएको हो ।

हिजो एम्बुलेन्सले तुलसीपुर ५ निवासी १८ बर्षीया दीपा थापा र घोराही १३ बडहरा निवासी शंकर पुन विरामी भएको भनी बाँके लगेको र बेलुका बाँकेबाट उनीहरुलाई नै तुलसीपुर ल्याउने क्रममा प्रहरीले जाँच गर्दा ब्राउन सुगर फेला परेको हो ।

ब्राउन सुगर भेटिएपछि एम्बुलेन्स चालक दंगीशरण गाउँपालिका ६ श्रीगाउँ निबासी तिलक विक सहित पुन र थपालाई हिरासतमा राखिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले जानकारी दिनुभयो ।

यसैविच तुलसीपुर उद्योग वाणिज्य संघको एम्बुलेन्स लागुऔषध सहित पक्राउ परेको घटनाप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष विरु रावतले बिज्ञप्ति जारी गर्दै चालकले गलत ढँगले एम्बुलेन्स प्रयोग गर्दा संस्थाको वदनामी भएको र दोषिलाई कार्वाही गर्न माग गर्नुभएको छ । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालनमा रहेको एम्बुलेन्समा नक्कली बिरामी वनेर लागुऔषध ओसारपसार गरिएको घटनाले संस्थाको गरीमामा आँच आएको समेत विज्ञप्तीमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ