कञ्चनपुर, २३ जेठ । नेपाल भारत कञ्चनपुरको भीमदत्त नगरपालिका १० जिमुवा महाकाली टोल सीमावर्ती बस्ती हो । उक्त बस्तीमा झण्डै अढाईसय घर परिवार बस्दै आएका छन् । बस्तीलाई सडक सञ्जालले नजोडेपछि उनीहरु कष्टकर यात्रा गर्न बाध्य भएका थिए ।
पुर्वपश्चिम महेन्द्र राजमार्ग गड्डाचौकीदेखि उत्तर जिमुवा महाकाली टोल झण्डै ५ किलोमिटर र जिल्ला सदरमुकाम महेन्द्रनगरबाट १३ किलोमिटर दुरीमा रहेको बस्तीमा ६० बर्षपछि सडक पुगेको सुन्दा अच्चम लाग्छ ।
उच्च हिमाली तराई्का पनि विकट बस्ती कुना कन्दरामा सडक पुगिसकेका छन् । तराईको जिल्ला सदरमुकाम महेन्द्रनगर बजारदेखि नजिकै रहेको बस्तीमा सडक नपुग्दा स्थानीय मारमा परेका थिए । उक्त गाँउमा विस २०१७ सालदेखि अन्यन्त्रबाट बसाईसराई गरि बसेको पाईन्छ ।

स्थानीय धर्मानन्द जोशीले ६ दशक अघिदेखि मानव बस्ती बसेको गाउँ भएपनि सडक सञ्जालले नजोड्दा दशगजा र स्थानीयका खेतका मिण भएर हिड्नुपर्ने बाध्यता रहेको बताए । ‘हामीले सडक माग्दा यस अघि निर्वाचित जनप्रतिनिधीले सीमाबस्ती भएकाले बाह्यबाट ल्याउन सकिदैन भनेर टार्थे, ‘उनले भने, ‘बस्तीभित्रदेखि सडकका लागि जमिन दिन कोही तयार भएनन् ।’
गड्डाचौकीदेखि ब्रम्हदेब जोड्ने मुल सडकदेखि पश्चिम महाकाली टोल जोड्न स्थानीयले जमिन दिएपछि सडक बस्तीमै पुगेको उनले बताए । ‘अहिले हाम्रो आँगनमै सडक पुगेको छ, ‘उनले भने, ‘अब यो सडक कालोपत्रे गर्नुपर्छ ।’ सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष नरेन्द्र प्रशाद जोशीले स्थानीयसंग सडक बारे छलफल गरेपछि उनीहरुले स्वतस्फूर्त जमिन दिएको बताए । ‘सबैले डेढडेढ मिटर जमिन छाडे अहिले ३ मिटर चौडाई ३ किलोमिटर लम्बाईको सडक विस्तार गरेका छौँ, ‘उनले भने, ‘ट्याक खोल्ने काम सकिएको छ, ग्राभिलिङ्ग शुरु गरेका छौँ ।’ वडाबाट प्राप्त डेल लाख बजेटले ग्राभिलिङ्ग अपुरो हुने भएकाले थप बजेटको उनले माग गरे । अर्का स्थानीय शुशिल प्रशाद जोशीले गाँउमा सडक पुग्ने कल्पना समेत नगरेको अनुभव पोखे । ‘म यही जन्मेको हुँ, अहिले मलाई ४० बर्ष भयो, सडक खोल्ने विषयमा पटक पटक छलफल हुन्थ्यो, कहिनकही कोही असमत हुन्थे, ‘उनले भने, ‘सडक नहुँदा दशगजा र खेतैखेत हिडडुल गर्नुपर्ने बाध्यता थियो, अब त्यो बाध्यता हटयो ।’ गाउँम सडक विस्तार भएपछि स्थानीय हर्षित भएको उनले बताए ।

विद्यार्थीलाई समेत अब विद्यालय जान सहज हुने उनको भनाई छ । वडाध्यक्ष प्रमानन्द जोशीले जनप्रतिनिधी स्थानीय बसेर सडक विस्तारका लागि घनिघुत छलफल गरेर सडक विस्तार गर्न सफल भईरहेको बताए । ‘हामीलाई मेयर सुरेन्द्र विष्ट ज्यूबाट समेत ठुलो सहयोग भयो, ‘उनले भने, ‘अहिले सबै क्षेत्रबाट सहयोग हुँदा गाउँबस्तीमा सडक विस्तार नै भयो ।’ सडक विस्तार हुँदा २ सय ५० परिवारलाई प्रत्यक्ष दैनिक कामकाज गर्न ठुलो राहत पुग्ने उनले बताए ।
भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले गाउँ बस्ती टोलसम्म भौतिक पूर्वाधार विस्तार गर्ने आफुहरुको कर्तव्य भएको बताए । ‘हामीले निर्वाचनका बेल जे जे जनतसंग बाचा गरेका थियौँ, ‘उनले भने, ‘बाचा पुरा गर्ने र जनतालाई अधिकतम विकासको मुल धारामा ल्याउने हाम्रो सकल्प छ ।’ जबदेखि मेयर विष्टको बस्तीम सडक नपुगेको नजर पुगेपछि उनले जनताको पीडा बुझेर निरन्तर सडक स्तरोन्नतीका लगि पहल गरिराखे । अहिले ६० बर्षपछि सढक पनि बनिसक्यो । स्थानीय हर्षित खुसीको क्षण नै रहने ।
उक्त सडक स्तरोन्नतीका लागि नगरपालिकाले आगामी बर्ष उच्च प्राथमिकतमा राख्ने समेत बताए ।
मेयर विष्टले गाँउबस्ती र नगरबासीलाई विकासको मुल धारमा ल्याई आत्मनिर्भर बनाउने तर्फ नगरपालिका योजना अघि सारेको बताए । भीमदत्त नगरका जनप्रतिनिधीले जनप्रिय काम गरेको स्थानीयको विश्लेषण छ ।

