स्रोत नखुलेको ३२ लाख ४८ हजार रुपैया सहित दुई जना पक्राउ

स्रोत नखुलेको ३२ लाख ४८ हजार रुपैया सहित दुई जना पक्राउ

  • शुक्रबार, जेष्ठ २३, २०७७
  • दिपक चौरसिया

  • 18.6K
    SHARES

पर्सा २२ जेठ । पर्सा जिल्लाको दुई स्थानबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीले स्रोत नखुलेको ३२ लाख ४८ हजार रुपैया सहित दुई जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ । नेपाल भारतको सीमानाका पर्साको बंजारी गाउँबाट सशस्त्र प्रहरीले आज बिहान श्रोत नखुलेको ठूलो रकम सहित १ युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीले पर्साको बाहुदरमाई नगरपालिका–५ भौराटारका २० वर्षीय प्रकाश साह सीमावर्ती क्षेत्र भिस्वाबाट आफ्नो गाउँ जादै गर्दा २२ लाख ४८ हजार रुपैयाँ सहित पक्राउ गरेको जनाईएको छ ।

साह सवार ना ४३ प २८०२ नम्बरको मोटरसाइकल छिपहरमाई गाउँपालिका ४ बंजारीमा सशस्त्र प्रहरीले चेकजाँच गर्दा २२ लाख ४८ हजार रुपैयाँ बरामद गरेको थियो । विशेष सूचनाको आधारमा बंजारीमा साहको मोटरसाइकल चेक गर्दा मोटसाइकलको ट्यांकीमा बनाइएको फल्स बटम भित्रबाट हजार, पाँच सय, सय र ५० का नोटहरु बरामद भएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिस्वाका सशस्त्र प्रहरी निरीक्षक हरिकुमार पराजुलीले जानकारी दिए ।

साहले रकमको श्रोत खुलाउन नसकेकाले उनलाई रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको सशस्त्र प्रहरी निरीक्षक पराजुलीले बताए ।

त्यसैगरी पर्सा जिल्लाको सिमावर्ती गाउँ भिस्वाबाट नेपाल प्रहरीले १० लाख नगदसहित छिपहरमाई गाउँपालिका, चेरगाहा टोल निवासी लालबाबू साह कानुलाई पक्राउ गरेको छ ।

मोटरसाइकलमा सवार साहबाट स्रोत नखुलेको १० लाख नगद बरामद भएको र आवश्यक कारबाहीको लागि जिल्ल प्रहरी कार्याल्य पर्सा पठाइएको भिस्वा प्रहरी चौकीले जानकारी गराएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ