पूर्वको भोजपुरदेखि झापा सम्म नेकपाले ठाँउ ठाँउमा एमसीसी जलायो, बाल्यो मशाल

पूर्वको भोजपुरदेखि झापा सम्म नेकपाले ठाँउ ठाँउमा एमसीसी जलायो, बाल्यो मशाल

  • बिहिबार, जेष्ठ २२, २०७७
  • सर्गम श्रेष्ठ

  • 8.2K
    SHARES

देशभर विवादीत र जनताबाट पारित नगर्न दवाव दिदा दिदै पनि प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेर बहादुर देउवाले एमसीसी जसरी पनि पारीत गराउने खेलमा लागेको भन्दै संघर्षको घोषणा गरेको विप्लव नेतृत्वको नेकपाले पूर्वका विभिन्न जिल्लामा एमसीसी सम्झौता पत्र जलाउने, मशाल बाल्ने र प्रधानमन्त्री ओली र देउवाको पुत्ला दहन गरेका खबरहरु प्राप्त भएका छन् ।
जस अनुसार भोजपुरको विभिन्न स्थानीय तहहरुमा एमसीसी, पुत्ला दहन र मशाल जुलुम सम्पन्न भएको नेकपा भोजपुरका सेक्रेटरी नवीनले जानकारी दिए ।
उनले पाटीले तोके अनुसारका एमसीसी विरुद्ध जस्तो सुकै संघर्ष गर्न आफूहरु तयार रहेको बताए ।
यसै गरी खोटागं, उदयपुर, ओखलढुंगा, लगायतका जिल्लामा पनि यस्ता संघर्षहरु भएको नेकपा सगरमाथा ब्युरोले जनाएके छ ।
यसै गरी उता मेची ब्यूरो अन्तर्गत झापा, सुनसरी, ताप्लेजुगं लगायतका जिल्लामा पनि मशाल बाल्ने, एमसीसी जलाउने र प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाको पुत्ला दहन भएको सो पार्टीले जनाएको छ ।

मशाल जुलुश पछि नेकपाका नेताहरुले अमेरीकी सैन्य रणनीतिसगँ जोडिएको एमसीसी राष्ट्रघाती भएको र यसमा कुनै पनि हालतमा अनुमोदन नगर्न चेतावनी दिदै यदी गरिए प्रतिरोध संघर्ष अगाडी बढाउने बताएका थिए ।
नेकपाले देशभर एमसीसी विरुद्ध संघर्ष गर्दै आएको छ । एमसीसी ससदमा झण्डै एक बर्ष अघि पेश भएको थियो ।
पूर्व सभामुख कृष्ण बहादुर महराले ससदमा कार्यसूचीमा नपारेको एमसीसी अहिले नयाँ सभामुख आएसगैै ससदको कार्यसूचीमा पार्ने र बजेट तथा नीति कार्यक्रममा समेत पारिए पछि त्यसको विद्रोही नेकपा सहित अन्य नेताहरु, सत्तारुढ पार्टी भित्रै पनि भीम रावल लगायतका यसको बिपक्षमा रहदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ