जेष्ठ २२ स्याङ्जा । स्याङ्जा गल्याङ् नगरपालिका ४ का बर्ष ३२ का पदम पाण्डेको मृत्युमा शंकास्पद देखिएको उनका आफन्तहरुले आशंका गरेका छन् । पाण्डे भीरबाट तल खसेको अवस्थामा मृर्त अवस्थामा फेला परेका छन् ।
बुधबार साथिहरुसगैँ पिकनिक खान गएका पाण्डे फर्किने क्रममा गल्याङ नगरपालिका ५ हुतुम भन्ने ठाँउमा मृर्त अवस्थामा फेला परेका हुन् ।
१६ जना युवासगैं सामुहिक रुपमा अर्को गाँउमा खसी काटेर मासु लिएर १४ मोटलसाइकलमा फर्केका थिए भने मृतक सहित नामदेव न्यौपाने र चन्द्र न्यौपाने समेत सँगै फर्किएका थिए ।
मृतक सहित तिन जना पैदल यात्रामा घर फर्किदै थिए । पैसा नदिएको निउमा दिउसो झगडा पर्नु, मृतकको मोबाइलबाटै घटना घटेको २ घण्टापछि मृतककी श्रीतीलाई फोन गरी तिम्रो श्रीमानले हामीलाई नै कुटपिट गरेको , कता हराए कता भन्नु र यदि सँगै आएको साथी लडेकै भए साथीको उद्धार तथा हारगुहार नगरी सरासर घर जानुले पक्कै पनि घटना शंकास्पद रहेको स्थानीयले अनुमान गरेका छन् ।
स्थानीयहरुले मृतकको श्रद्धान्जली सहितको यो स्पष्टोक्तिलाई समेत आधार मान्दा बाख्रो काट्न गएकाहरुले साथीलाई नै उडाएर आए शंका गर्ने ठाउँ देखिने बताएका छन् । सँगै गएकाहरु मध्ये २÷३ जनासँग झगडा पर्नु अनि मासु अरुसँग पठाउनु यो घटना शंकाको बिषय बन्यो । मृतकको मोबाइल अरुको साथमा कसरी रह्यो रु पक्का भिरबाट फालेको हुनुपर्छ । ठाउँ हेरेरै उडाए । बाख्रो काट्न गएका साथी सँग झगडा पर्नु सबै साथीहरू अगाडि आउनु तीन जना झगडा गर्दै पछाडि बस्नु मासु अरुसँग पठाउनु मर्ने को मोबाइल अरु सँगै हुनु शकांस्पद रहेको परिवारले आशंका गरेका छन् । मृतकको लास पोस्टमार्टमका लागि वडा प्रहरी कार्यालय वालिङ लागिएको र घटनाबारे थप अनुसन्धान भैइरहेको वडा प्रहरी कार्यलय वालिङले जनाएको छ ।
