चाैतर्फि दबाबपछि सरकार कर तिर्ने म्याद सार्न बाध्य, कुन-कुन कर कहिलेसम्म तिर्न सकिन्छ ?

चाैतर्फि दबाबपछि सरकार कर तिर्ने म्याद सार्न बाध्य, कुन-कुन कर कहिलेसम्म तिर्न सकिन्छ ?

  • बुधबार, जेष्ठ २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 20.3K
    SHARES

काठमाडौं, २१ जेठ । अन्ततः चाैतर्फि दबाबपछि सरकारले करदातालाई कर तिर्न दिएको म्याद बढाएकाे छ । आन्तरिक राजस्व विभागले बुधबार सूचना जारी गर्दै असारको १५ गतेसम्म गर बुझाउन भनेको छ।

यसअघि मंगलबार विभागले जेठसम्म कर बुझाउनुपर्ने भन्दै सूचना जारी गरेपछि करदाताले विरोध गरेका थिए। सरकारले लकडाउन नखुलाएपछि कर तिर्न नसकिने भन्दै उनीहरु आक्रोशित बनेका थिए।

नयाँ सूचना अनुसार करदाताले चैतमा बुझाउनुपर्ने आयकरको दोस्रो किस्ता  असार १५ गतेसम्म बुझाउनुपर्नेछ। मूल्य अभिवृद्धि करको हकमा फागुन, चैत्र र २०७७ वैशाख महिनाको मासिक कर विवरण, माघ-फागुन र चैत २०७७ वैशाख महिनाको द्विमासिक र दोस्रो चौमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण तथा ती विवरण बमोजिमको कर दाखिला गर्ने म्याद असार ७ गतेसम्म तोकेको छ।

भ्याट फिर्ताको लागि कर फिर्ताको निवेदन दिन पाउने अवधिलकडाउन कै बखत समाप्त भएमा असार ७ सम्म बुझाउनुपर्ने हुन्छ। फागुन, चैत र वैशाख महिनाको बुझाउनु पर्ने विवरण तथा ती विवरण बमोजिमको अन्तःशुल्क दाखिला गर्ने म्याद  ७ गतेसम्म छ।

फागुन, चैत र वैशाख महिनाको बुझाउनु पर्ने अग्रिम कर कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउने म्याद तथा ती विवरण बमोजिमको कर दाखिला गर्ने म्याद असार ७ गतेसम्म राखिएको छ।

फागुन, चैत र वैशाखको शिक्षा सेवा शुल्क,टेलिफोन स्वामित्व शुल्क तथा दुर सञ्चार सेवा दस्तुर बुझाउने म्याद पनि असार ७ गतेसम्म छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी