एउटा केटी मान्छेको पेटिकोट समातेर बिद्रोह हुन्छ ? रेखा थापाद्धारा रुकुमकी युवतीको चरित्र हत्या भएको भन्दै आक्रोस

एउटा केटी मान्छेको पेटिकोट समातेर बिद्रोह हुन्छ ? रेखा थापाद्धारा रुकुमकी युवतीको चरित्र हत्या भएको भन्दै आक्रोस

  • बुधबार, जेष्ठ २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 28.3K
    SHARES

जेष्ठ २१ काठमाण्डौं । चर्चित अभिनेत्री रेखा थापाले रुकुम घटनाका दोसी माथि कार्वाही र पीडितलाई अबिलम्म्ब न्याय दिन माग गर्दै घटनामा मुछिएकी युवतीको चरित्र हत्या भएकोमा भने आक्रोस पोखेकी छन् ।
उनले आफ्नो अफिसियल पेजमा स्टाटस लेख्दै रुकुमकी ती युवतीको चरित्र हत्या गर्ने खालका र नारी अस्मीताको धज्जी उडाउने काम भएको भन्दै आक्रोस व्यक्त गरेकी हुन् ।
“ यस घटनामा जोडीएकी किशोरिको बारेमा जसरी चरित्र हत्या गर्ने खालका र नारी अस्मिताको धज्जी उडाउने काम भएको छ, तेस्ले फेरिपनी उत्पीडित वर्ग माथि प्रहार भयो भन्ने लाग्छ । समाज बिरुद्द अन्तर्जातिय प्रेम गर्ने सहास भएकी बालिकाको चरित्र हत्या गरेर न्याय हुन्छ त ? ” थापाले प्रश्न गरेकी छन् ।
दोषिलाई कानुनी कार्वाही हुनु पहिले नै एउटा केटी मान्छेले आफ्नो सामाजिक र चारित्रिक सम्पत्ती बजारमा लीलाम गर्नु पर्ने ? नेपालमा केटी मान्छेको बेइज्यत गरेर मात्र न्याय पाउने हो र ? छानबिनको क्रममा रहेकी किशोरिको बारेमा अनर्गल कुरा लेख्ने छुट छ ? समुहमा बाहुन छेत्री, जनजाती जो जस्लाई गाली गर्नु छ गरे हुन्छ । एउटा केटी मान्छेको पेटिकोट समातेर बिद्रोह हुन्छ ? रेखाले लेखेकी छन् ।
उनले अगाडी लेखेकी छन् , “दोषी वा निर्दोषको किटान हुनु पहिले नै यसरी मानसिक हिन्सा र प्रताडना दिएको कारण ति किशोरि नदिमा हाम्फलेमा कस्ले जवाफ दिन्छ ? अन्तर्जातिय प्रेम गरेको सट्टा जसरी उस्को चरित्र हत्या हुँदैछ, यसले जातिबादी सोचलाई झन धेरै बालवालिकामा स्थापित गर्ने देखिन्छ । राज्य सँग लडनु पर्‍यो नि, एउटा १७ बर्ष कि किशोरिलाई मानसिक र सामाजिक उत्पिडन किन ? दोषी भये कानुनी कार्वाही गरियोस । यो नबिर्सौ कि एउटा किशोरिको जीवन बर्वाद पारेर न्याय पाउने हो भने, कुनै पनि छोरीले भोली कसैलाई माया गर्ने छैनन ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी