भोजपुर आमचोक गाँउपालिकाले बनायो शहीद पार्क, तीन शहीदको शालिक यस्तो छ

भोजपुर आमचोक गाँउपालिकाले बनायो शहीद पार्क, तीन शहीदको शालिक यस्तो छ

  • बुधबार, जेष्ठ २१, २०७७
  • सिर्जना तिम्सिना

  • 18.9K
    SHARES

काठमाडाैं, २१ जेठ । देशभरीकै स्थानीय तह मध्य भोजपुर आमचोक गाँउपालिकाले जनयुद्धमा ज्यान गुमाएका शहीदरुको शालिक सहित पार्क निर्माण शुरु गरेर उदाहरणीय काम प्रस्तुत गरेको छ । आमचोकबाट जनयुद्धमा लागेर बलिदान दिएका शहीद ईन्द्र कुमार श्रेष्ठ अग्नी, कविता राई गोमा र केबल मगरको सम्मानमा गाँउपालिका कार्यलय नजिक शालिक निर्माण गरिएको छ भने यस अघि नै भवन बनिसकेको छ । गाँउपालिका अध्यक्ष अशोक राईले शालिकको पूर्ण रुप तयार भईसकेको र अब रंगरोगन गर्न बाकी रहेको बताए ।
साथै त्यस शहीद पार्कमा एउटा पोखरीको निर्माण कार्य पनि अघि बढेको अध्यक्ष राईले बताए । यो पार्क करीब ४ रोपनी जमिनमा फैलिएको छ ।
यो पार्क , शालिक पोखरी सहितको निर्माणमा ६० लाख भन्दा बढी खर्च भएको र अझै काम सन्पन्न हुन बाँकी रहेको उनले बताए ।
त्यो शालिकको निर्माण ललितपुरका मुर्तिककार प्रकाश शाक्यले गरेका हुन् । धन कुमार राईको नेतृत्वमा निर्माण समिति बनाएर काम गरिएको अध्यक्ष राईले बताए ।

आमचोक ९ दुम्मानाका ईन्द्र कुमार श्रेष्ठको २०५९ साल असोज १५ गते ओखलढूगाको रानीवन ईलाकामा सेनासगँको भीडन्तमा शहादत भएको थियो । भने आमचोककै कविता राई गोमकाको ०६२ सालमा घोरेटार सैनिक ब्यारेकमा आक्रमण गरेर फर्कने क्रममा भएको भीडन्तमा शहादत भएको र केवल मगर ६२ सालमै सर्लाहीमा आक्रमणको क्रममा शहादत भएको अध्यक्ष राईले बताए ।

आमचोक गाँउपालिकाकाे पहिलाे सहिद हुन् इन्द्र कुमार श्रेष्ठ । जसकाे नामबाट दुम्बानामा बिद्यालय सन्चालनमा आएको थियाे।साेहि विद्यालय नाम परिवर्तन गरेर अहिले पनि सन्चालनमा छ ।  

त्यस गाँउपालिकामा जम्मा तीन जना जनयुद्ध कालमा शहीद बनेका थिए । उक्त सालिक निर्माण भए पछि शहीद परिवारहरु भने केही खुसी भएका छन् । शहीद ईन्द्र श्रेष्ठका दाजु श्याम कुमार श्रेष्ठले जनयुद्धकालमा आफ्नो परिवारको सदस्यको रगत बगको र शहीदको सपना पुरा अझै नभएको भन्दै शालिक निर्माण गरेर गाँउपालिकाले राम्रो काम गरेको प्रतिकृया दिए ।
शहीद ईन्द्रको जन्मगाँउ दुम्मानामा जनयुद्धकालमा प्राथमिक विद्यालय समेत आफ्नै पहलमा सञ्चालन गरिएको र अहिले आधारभुत विद्यालयको रुपका विकास भएको श्रेष्ठले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी