जेष्ठ २० एजेन्सी । अमेरिकी अश्वेत नागरिक जर्ज फ्लोयडलाई प्रहरीले घुडाले घाटीमा थिचेर हत्या गरेको बिरोधमा अमेरीकामा हिसात्मक आन्दोलन चर्किएका बेला लिभरपुलका चर्चित फुटवल खेलाडीहरुले पनि घुडा टेकेर बिरोध जनाएका छन् ।
लिभरपुलका खेलाडीले फ्लोयडले न्याय पाउनुपर्ने भन्दै विरोध जनाएका हुन् । एनफिल्डको मध्ये भागमा गोलो घेरा बनाएर घुँडा टेकेर खेलाडीले विरोध जनाएका हुन् ।
यस अघि जर्मन क्लब बोरुसिया डर्टमण्डका जाडोन सान्चो, अच्राफ हाकिमी र बोरुसिया मुन्छेनग्लाडबाखका मार्कोस थुरामले विरोध जनाएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline