सामाजिक विकास मन्त्री घिमिरेद्धारा निर्माणाधिन योजनाहरुको अनुगमन

सामाजिक विकास मन्त्री घिमिरेद्धारा निर्माणाधिन योजनाहरुको अनुगमन

  • शनिबार, जेष्ठ १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

विराटनगर, १७ जेठ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले मोरंगको निर्वाचन क्षेत्र ४ (ख) अन्तरगत निर्माणाधिन योजनाहरुको अनुगमन गर्नु भएको छ ।

निर्वाचन क्षेत्र विकास कोष मार्फत कटहरीमा निर्माण भईरहेका योजनाहरुको मन्त्री घिमिरेले अनुगमन गर्नु भएको हो । कटहरी १ महेशपुरमा निर्माण भईरहेको लक्ष्मी सामुदायिक भवन र लक्ष्मी मन्दिर, कटहरी २ को किसान मार्ग सडक, कटहरी ३ जिरातटोलको लक्ष्मी मन्दिर, कटहरी सामुदायिक भवन र शैलेश मन्दिरको मन्त्री घिमिरेले अनुगमन गर्नुभएको हो । कटहरी सामुदायिक भवन ५० लाख र अन्य योजनाहरु १०/१० लाखका रहेका छन् ।

कटहरी सामुदायिक भवन ५ कठ्ठा जमिनमा १ हजार व्यक्ति अट्ने क्षमताको रहेको छ । निर्वाचन क्षेत्र विकास कोष मार्फत विनियोजित वजेटमा योजनाहरु निर्माण भईरहेको मन्त्री घिमिरेले बताउनुभयो । मन्त्री घिमिरेले योजनाहरु निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ । उहाँले योजनाहरुको अनुगमनका साथै लकडाउनका कारण प्रभावित भएका स्थानीयहरुहरुको पनि समस्याबारे जानकारी लिनु भएको छ ।

निर्माणाधिन योजनाहरुको मन्त्री घिमिरेसँगै नेकपा प्रदेश कमिटी सदस्य मृत्युन्जय झा लगायतका नेताहरुले पनि अनुगमन गर्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ