पाँचखाल बृहत् खानेपानीको ठेक्काः नेपाली र चिनियाँ कम्पनी छनौट

पाँचखाल बृहत् खानेपानीको ठेक्काः नेपाली र चिनियाँ कम्पनी छनौट

  • शनिबार, जेष्ठ १७, २०७७
  • राजकुमार पराजुली

  • 8.3K
    SHARES

काभ्रेपलाञ्चोक, १७ जेठ । पाँचखाल नगरपालिकामा सञ्चालन हुने सुनकोशी–पाँचखाल बृहत् खानेपानी आयोजनाको ठेक्काका लागि नेपाली र चिनियाँ कम्पनीलाई छनोट गरिएको छ । आयोजनाको ठेक्का सम्झौता प्रक्रियामा रहेको जनाइएको छ ।

आयोजनाका लागि नौ निर्माण कम्पनीले प्रस्ताव पेस गरेका थिए । नौमध्ये नेपाली कम्पनी कन्काइ विल्डर्स र चिनियाँ कम्पनी हुवाछे ९ज्वाइन्ट भेन्चर० छनोट गरिएको नेपाल सरकार शहरी खानेपानी तथा सरसफाइ ९क्षेत्रगत० आयोजनाका उपनिर्देशक रामकुमार श्रेष्ठले बताउनुभयो । उहाँले प्राविधिक र आर्थिक मूल्याङ्कनपछि ज्वाइन्ट भेन्चर कम्पनी छनोट गरी आयोजनाको ठेक्का सम्झौता प्रक्रियामा रहेकोसमेत जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार सम्भवतः छनोट कम्पनीको स्वीकृतका लागि भोलि एशियाली विकास बैंक ९एडिबी०को मुख्यालय फिलिपिन्सको मनिला पठाइनेछ । “एडिबी मुख्यालयको अध्ययनपछि नै निर्माण कम्पनी छनोट भएकाले उसले कम्पनीको स्वीकृत गरेपछि आयोजनाको ठेक्का सम्झौता हुनेछ”, श्रेष्ठले भन्नुभयो । प्राविधिक र आर्थिक मल्याङ्कनपछि सार्वजनिक खरिद ऐनअनुसार कम लागतमा निर्माण सक्ने प्रस्तावक नेपाली कन्काइ र चिनियाँ हुवाछे ज्वाइन्ट कम्पनीलाई छनोट गरिएको आयोजनाले जनाएको छ ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण परियोजनाको प्रक्रिया लम्बिएको हो । परियोजनाको २०७६ भदौ १२ गते तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको उपस्थितिमा खानेपानी आयोजनाअन्तर्गत शहरी खानेपानी तथा सरसफाइ ९क्षेत्रगत० आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता गरिएको थियो । सम्झौताका अढाइ वर्षमा आयोजनाको काम सक्ने जनाइए पनि अब समयावधि लम्बिने देखिएको छ ।

आयोजनाका अनुसार आउँदो जुन महिनाभित्र निर्माणको काम शुरु भइसक्ने श्रेष्ठले बताउनुभयो । उहाँले कोरोना सङ्क्रमणका उच्च जोखिमका कारण प्रक्रियामा केही ढिलाइ भए पनि ठेकेदार कम्पनीसँग सम्झौतालगत्तै निर्माणका काम अघि बढ्ने बताउनुभयो । आयोजना रु दुई अर्ब २१ करोडको लागतमा अढाइ बर्षमा निर्माण सम्पन्न गरिने लक्ष्य लिइएको थियो । श्रेष्ठका अनुसार आयोजनाअन्तन्र्गत नेपालमा सञ्चालित खानेपानी योजनामध्ये पाँचखाल–सुनकोशी–पाँचखाल बृहत् खानेपानी सबैभन्दा ठूलो हो ।

नेपाल सरकार, नगर विकास कोष, एशियाली विकास बैंक ९एडिबी० र उपभोक्ताको लागतमा परियोजना सम्पन्न हुनेछ । आयोजना सम्झौताको शर्तअनुसार कूल योजनाको पाँच प्रतिशत अर्थात् रु ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गरेका छन् । जसअनुसार पाँचखालका प्रतिउपभोक्ता परिवारले खानेपानी परियोजनाको बैंक खातामा रु १८ हजार जम्मा गरिसकेका छन् । एडिबीले निर्माण कम्पनी स्वीकृत गरेपछि खानेपानी आयोजनाको काम तीव्र गतिमा अघि बढाइने काभ्रेपलाञ्चोकका प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री बाँस्कोटाले बताउनुभयो । “एडिबीले ठकेदार कम्पनीका स्वीकृतपछि सम्झौतालगत्तै खानेपानी आयोजनाको काम तीव्र गतिमा अघि बढाइनेछ”, उहाँले भन्नुभयो । उहाँले निरन्तर निर्माणले लक्ष्यअनुसारको समयसीमासम्ममा आयोजना सम्पन्न गर्ने अपेक्षा लिइएको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माणमा आवश्यक जनशक्ति परिचालन गरिनेछ, लक्ष्यअनुसारको समयमै पाँचखालका बासिन्दालाई खानेपानी उपलब्ध गराइनेछ ।”

खानेपानीका लागि भुम्लु गाउँपालिका–१० स्थित इन्द्रावती नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधि निर्माणका लागि सडक पु¥याउन पाँचखाल नगर कार्यालयद्वारा सर्भेको काम भइरहेको उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले बताउनुभयो । परियोजनाबाट पाँचखाल नगर क्षेत्रका करिब सात हजार उपभोक्ता लाभान्वित हुनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ