जनार्दन शर्मा मार्फत भगवानसङ्ग दलितको गुनासो ! 

जनार्दन शर्मा मार्फत भगवानसङ्ग दलितको गुनासो ! 

  • शुक्रबार, जेष्ठ १६, २०७७
  • -दिपक बिश्वकर्मा (संघर्ष )

  • 16.2K
    SHARES

जीवनको बारेमा के लेखु र खै‘जीवन बास्तवमै के हो ? जे भोगिरहेका छौ अथवा जे पाइरहेका छौ के हो जो रहस्यमय छ । सुखलाई जीवन भनु कि ,दुखलाई जीवन भनु ? या दुख पाएमा पुर्वजन्मको पाप भनु कि , सुख पाएमा पुर्व जन्मको पुण्य भनु ? कस्तो भ्रमित ? हे भगवान तेरो यो ब्रमाण्ड कहिले सम्म जिवित रहन्छ ? त पुर्व र हाल को बाहानामा तानाशाही लादिरहन्छस ? हो त तानाशाही हो ।अब म, त बिरुद्ध तेरै अदालतमा मुद्दा दायर गर्छु ।

चिल्लो कार मा सयर  नारी वा पुरुस को सामुन्ने बाट एक बोरा बोकेर एउटा बालक, एउटा जवान र एउटा वृद्ध हिडिरहेको हुन्छ र उस्ले त्यो कारको ढोका ढक्ढक्याउछ केही आशा सहित। बदलामा पाउछ गाली अपमान । अनि पाउछ खाते सडक छाप को बिल्ला उपमा ।

मन्दिर जाने बाटो तथा मन्दिर नजिकै थुप्रै असहाय अपांग बसेका हुन्छन ्। उनिहरु ठान्दछन र एक आशा सहित मन्दिरमा आउने सबै असल मानिस हुन् । अनि ठान्दछन भगवान कै शरणमा बसेपछी पक्कै हाम्रो उद्दार हुनेछ आदि यस्तै सोच हुन्छ  उनिहरुमा । तर कथित भक्तजन हरुले टाढैबाट ट्वाङ्ग्राङ आवाज आउने गरि एक सिक्का मिल्काउछन त्यो पनि मुख मा रुमाल राखेर ।

मन्दिरमा मुर्ती लाई खुवाउन दुनिया चिज लियर जान्छन तर त्यही मन्दिर को ढोका मा बस्ने असाहाय को लागि एउटा चामल को दाना पनि लादैनन । बिडम्बना महा पुजारि अनि महान मुर्ति पनि चुप लागेर बसिरहेका छ्न आज सम्म ।

जात र पेसाको आधारमा फरक छुट्याइ भेदभाव गर्ने हाम्रो समाज । दिनहु पुजापाठ प्रवचन,पढेलेखेका कथित बुद्धिमान हरुले नै जात र पेसा को आधारमा व्यवहार गरेको पाइन्छ ।
यीनीरुलाई थाहा हुनुपर्ने हो सबैको रगत रातो हुन्छ ।

मन्दिरको अगाडि गेटमा बिरामी असहाय रोगी भिखारी बसिरहेको हुन्छ तर मन्दिरमा जाने कथित भक्तजन अनि ती भगवान को नाम मा व्यापार गर्ने कथित पुजारी तथा मन्दिर भित्र आराम गर्ने मुर्ती ले मत्लब गर्दैनन । ती मान्छे सधै उस्तै ।

हातको नङ खिइन्छ भनेर
पसिना तथा घाम पानीले छाला बिग्रन्छ भनेर
सिल्की कपाल गुन्द्रुख हुन्छ भनेर
डोको नाम्लो बोक्न लाजले
घास दाउरा मेलापात गर्न लाजले मिस्टर ह्यान्ड्सम र मिस नेपालको मानसिक्ता बोकि शहर पस्ने हरुले नै कृषिप्रधान देश जिन्दावाद भन्छन आजकल । फेरि बर्स मा एक चोटी अङ्ग प्रदर्शन गर्दै तस्बिर पनि खिचाउछन सुटमा झकिएर अनि अर्ध नग्न भयर हल्का हिलो लगायझै पनि गर्छन ।

भगवान न्याय गरि पाउ‘
यहाँ  जातको नाममा तिम्रो दरवारमा मेरो लागि प्रवेश निषेध गरिएको छ, पधेरोमा जान बन्द गरिएको छ, मैले छोएको यो समाजले हसुर्दैन, तर तिनैका आङ ढाक्न म’ नै चाहिन्छ, तिनका बस्तुभाउको पेट भर्न मैले बनाएको  हतियार नै चाहिन्छ, तिनका पाइतलाको खिया जोगाउन मैले बनायको जुत्ता चाहिन्छ, तर तिनैको मन्दिर, पधेरो, चुल्हमा मेरो लागि “बन्द” को ब्यानर टाङ्ग्छन, न्याय गरि पाउ भगवान।

यहाँ छोरिको रहर गर्ने आमाले , बुहारिलाइ गन्दैनन् , आमाको रहर गर्ने छोरिले सासुलाइ गन्दैनन, यहाँ छोरिको भविस्य दाइजोमा निर्धारण गरिन्छ, म कसरी बाँचु तेरो ब्रह्माण्डमा ?
यहाँ तेरै नामको ट्याटु बनाइ मान्छे भगवान हुन्छ, तेरो नामको दुरुपयोग गर्दै करोडौं कमाउछन, तेरै नाममा व्यापार हुन्छ, तर जस्ताको तस्तै छु, म माथी दया गर भगवान।

भर्खरै जाजरकोट र रुकुम जिल्लामा भएको हत्याकाण्ड बारेमा पनि धेरै कुराहरु आइरहेका छन् , कोहि भन्छन दलित भएकै कारण प्रेम स्वीकार भएन रे, अनि कोहि भन्छन केटि अपहरण गर्नेलाई गाउलेले घेरा हालेर हत्या गरे, म कस्को कुरा पत्याउ ?

जेभए पनि मान्छे मार्न पाइन्छ ? मान्छे के रांगा भैंसी  खसीबोका अर्थात कुखुरा हास होर मार्न ? हामी कानुनी राज्यमा छौ, देशमा संबिधान छ, कानुन छ, जातमिलेन भन्दैमा प्रेम गर्ने मान्छेलाइ मारिदिने हात खुट्टा बाधेर नदिमा फालिदिने ?

हिजो दलितकै मुद्दालाइ मोहरा बनाएर दस बर्ष युद्धको कमान्ड गर्ने डेपुटी कमान्डर अर्थात रुकुम जिल्लाबाट निर्बाचित सांसद जनार्दन शर्मा उर्फ क .प्रभाकरले, ज्यान बचाउन खोज्दा भेरीमा हाम फालेर मृत्यु र लापत्ता भएका हुन् भनेर सम्म भन्न भ्याउनु भएछ ।

कमरेड कतै तपाइबाट पनि जातिएताकै गन्ध त आएको छैन ? यतिबेला तपाइको अग्नि परिक्षा हुदैछ। याद रहोस् आज जुन स्थानमा हुनुहुन्छ, त्यो स्थानमा पुर्याउने हातहरु साउदी कतार दुबै मलेसियाका तातो घामहरुमा बेल्चा,हान्न विवश छौँ ।
यो घटनाको सत्यतथ्य छानबिन गरेर दोषीलाई कानुन बमोजिम हदैसम्म कार्वाही होस्, हिजो तपाइको कासनलाइ हामिले आफ्नो मृत्यु भन्दा प्यारो मानेर लडेको इतिहास ताजै छ । यदी यो घटनामा जातीयता कै गन्ध आयो भने यसले ठूलो परिणाम निम्ताउने छ ।
हिजो तपाइले हामिलाइ सिकाएका कुराहरु बिर्सेका छैनौ, हिजो तपाईं आफै जनमुक्ति सेनाहरुलाइ  पाल्पाको भुटुकेमा भनेका कुरा आजै जस्तो लाग्छ ।

कि  कम्युनिस्टहरु नाताबाद कृपाबादमा कहिले अल्झिनु हउदैन,न्यायको पक्षमा सधै अगाडी उभिनुपर्दछ भनेको कुरामा म आज पनि बिस्वस्त छु कि नवराज बिक ले न्यायपाउनेछन् ।
कुन जातभित्रको प्रेम चै प्रेम हो भगवान ?  यो प्रश्नले हामिलाइ धेरै अप्ठुयारो भयो, दलित भएकै कारण प्रेम गर्न नपाउने भए भनिदिनु पर्यो भगवान होइन भने यति बिघ्न विभेद किन ?
दलितहरु मान्छे भएर पनि किन जनावरको जिन्दगी बाच्न बाध्य छन ? किन बाध्य बनाइयो ? भगवान तपाइले बनाएको नियमका ठेलिहरुमा विभेद गर भनेर भन्नुभएको छैन, तर मानिसको मस्तिष्कको आविष्कार गर्नेबेला तपाईं आफैले बनाएको नियमलाई ती मस्तिष्कहरुमा सेट गरेर पृथ्वीमा किन पठाउनु भएन ?

पृथ्वीमा भएका केही मानवरुपि दानवहरुले गर्दा आज मान्छे(मान्छे बिचमा जातको तगारो बनाइदिएको छ,श्रम चल्छ,सिपचल्छ श्वास चल्छ,बिहेगर्दा जात सोधिन्छ।   सायद यि दानवहरुलाइ थाहा रहेनछ क्यारे यो संसारमा जात मात्र दुइवटा हुन्छ ।यो घटनामा सरकार जिम्मेवार हुनु पर्छ । किनकि दलित भनेर भेदभाव नागरिकले गरेका होइनन् हामिलाइ नेपाल सरकारले गरेको छ । दोषी नेपाल सरकार हो । संबिधानमा किन दलित भन्ने शब्द राखिएको छ ? यी शब्द राखेर सरकारले  एउटा नेपाली ले एउटा नेपालीलाई अछुत बनाइरहेको  छ ।

जबसम्म नेपाल सरकारले संबिधानबाट दलित भन्ने शब्द खारेज गर्दैन तबसम्म दलित भनेर हेपाइ खेपिरहनु पर्ने छ,दलितको नाममा सरकार स्थरबाट छुट्टाइने कोटाहरुपनी खारेज गरियोस् यिसब यथासिग्र खारेज गरिनुपर्छ ।

दलितको नामामा बादिने जतिपनी  भत्ता सहयोगहरु छन् तिसबै  हताइनु पर्छ, ती सहयोगहरु दलितको नाममा होइन, गरिब बेरोजगारी भनेर बादिनुपर्छ त्यसमा जुनसुकै जातको पर्नसक्छ ती राहतहरुमा समाबेशिता झल्किनु पर्छ । त्यसलगत्तै समस्त  दलित –दलित बिचको भेदभाव लाई आपसी सहमति द्वारा न्यूनीकरण गर्नुपर्छ ।

किनकी परिवर्तन भन्नेकुरा अरुलाइ भन्न सजिलो देखिन्छ, तर आफुले गर्न गाह्रो हुन्छ, पहिला परिवर्तन हामिले म भन्ने शब्दबाट सुरुगरौ । परिवर्तन हामिले सुरुवात गरौ, त्यसपछि समाज परिवर्तन बिस्तारै आफै हुनेछ ।

-लेखकः दिपक बिश्वकर्मा (संघर्ष )
सामाजिक अभियन्ता, मलेसिया

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी