युवा तथा खेलकूद मन्त्रालयलाई दुई अर्ब ३६ करोड

युवा तथा खेलकूद मन्त्रालयलाई दुई अर्ब ३६ करोड

  • बिहिबार, जेष्ठ १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

सरकारले युवा तथा खेलकूद मन्त्रालयका लागि रु दुई अर्ब ३६ करोड बजेट छुट्याएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेट प्रस्तुत गदैँ युवा तथा खेलकूद क्षेत्रका लागि रु दुई अर्ब ३६ करोड बजेट विनियोजन गरेको बताउनुभयो ।
जुन खेलकूद मन्त्रालयको चालू आर्थिक वर्षको बजेटभन्दा निकै रकम कटौैती भएको छ । चालू आर्थिक वर्षमै रु तीन अर्ब ९९ करोड बजेट विनियोजन गरिएको थियो । सरकारले निर्माणधीन अन्तरराष्ट्रिय क्रिकेट मैदान, कभर्डहल र प्रादेशिक रङ्गशाला निर्माणमा समेत बजेट विनियोजन गरेको छ । अर्थमन्त्री खतिवडाले सबै स्थानीय तहमा खेल ग्रामको कार्यक्रमलाई निरन्तरता दिइएको उल्लेख गर्दै खेलकूद पूर्वाधारको कमी भएको कर्णाली प्रदेशमा राष्ट्रियस्तरको खेलकूद प्रतियोगिता सञ्चालन हुनसक्ने गरी खेलकूद पूर्वाधार विकास गर्न बजेट छुट्याएको बताउनुभयो ।

उहाँले उच्च पर्वतीय खेलकूद तालिम केन्द्र स्थापना गर्न र थप कभर्डहल निर्माण गर्न बजेट व्यवस्था गरेको जानकारी गराउँदै नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सञ्चालन गर्न, राष्ट्रिय पूर्वाधार निर्माण र व्यवस्थापनका लागि रकम विनियोजन गरिएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ