यसरी लस्करै भित्र्याईए भारत रक्सौलमा अलपत्र सयौँ नेपालीलाई(तस्वीरहरु)

यसरी लस्करै भित्र्याईए भारत रक्सौलमा अलपत्र सयौँ नेपालीलाई(तस्वीरहरु)

  • बुधबार, जेष्ठ १४, २०७७
  • -दीपक चौरासीया

  • 9.4K
    SHARES

वीरगन्ज जेष्ठ १४ । लकडाउनका कारणले भारतको रक्सौल नाकामा लामो समयदेखि अलपत्र परेका नेपालीलाई उद्धार गरी आज नेपाल भित्र्याएको छ । पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार लामो समयदेखि रक्सौलका क्वारेन्टाइनमा राखिएका र नाकामा रोकिएका गरी ३ सय ७५ नेपाली रक्सौलमा अलपत्र परेका थिए ।

रक्सौलमा अलपत्र परेका नेपालीलाई वीरगन्जको मुख्य भन्सार नाका हुँदै नेपाल ल्याईएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् । रक्सौलमा अलपत्र परेका नेपाली पर्सा, बारा, मकवानपुर, चितवन, रुकुम, दाङ, सुर्खेत, नुवाकोट, काठमाडौं गरी २५ जिल्लाका छन् ।

सीमावर्ती भारतीय प्रशासन र प्रहरीसँग समन्वय गरेर रक्सौलबाट ल्याइएकालाई नाकामा शरीरको तापक्रम नापेर वीरगन्ज प्रवेश गराइएको पनि उनले बताइन् ।

पर्सा र काठमाडौं बाहेकका जिल्लाका नागरिकलाई सम्बन्धित जिल्लाको प्रशसानसँग समन्वय गरेर यात्रुवाहक बसमा चढाएर पठाउने काम पनि भइरहेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललीतकुमार बस्नेतले जानकारी दिए ।

पर्साका नागरिकलाई जिल्ला स्थित उनीहरुको घर भएको सम्बन्धित पालिकाको क्वारेन्टाइनमा पठाइएको जानकारी दिंदै उनले भने, ‘काठमाडौंका नागरिकलाई भने अहिले यहीं राख्ने कुरा भएको छ, त्यसैले उनीहरूलाई वीरगन्जको क्वारेन्टाइन राखिएको छ ।ु रोगजगारी, तीर्थ यात्रा लगायतका विभिन्न कामका लागि भारत गएका नेपाली घर फर्कने क्रममा लकडाउनले रक्सौल नाकामा रोकिएर अलपत्र परेका थिए ।

भारतबाट घर फर्कने क्रममा रक्सौल नाकामा आइपुगेका केहीलाई भारतले रक्सौल स्थित हजारीमलको क्वारेन्टाइनमा राखेको थियो । केही नेपाली भने रक्सौल स्थित आइसीपीमा रोकिएर हप्ता दिनदेखि अलपत्र परेका थिए ।

रक्सौलमा अलपत्र परेका नेपालीलाई नेपाल भित्र्याउन पर्साको स्थानीय प्रशासनले सीमावर्ती रक्सौलको सुरक्षा अधिकारीसँग एक हप्ताअघिदेखि नै समन्वय गर्दै आएको थियो । तर भारत सरकारको निर्देशन नआएको भन्दै भारतीय सुरक्षाकर्मीले रक्सौल नाकामै रोकेर राखेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी