भिसाको म्याद सकिएर दक्षिण कोरियामा समस्यामा परेका नेपाली स्वदेश फर्काउने पहिलो प्राथमिकतामा: ज्ञवाली

भिसाको म्याद सकिएर दक्षिण कोरियामा समस्यामा परेका नेपाली स्वदेश फर्काउने पहिलो प्राथमिकतामा: ज्ञवाली

  • बुधबार, जेष्ठ १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

काठमाडौं, १४ जेठ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले कोरोनाभाइरस (कोभिड–१९) का कारण विदेशमा समस्यामा परेका नेपालीको समस्या समाधान गर्न सरकार प्रयासरत रहेको बताएका छन् । उनले यसका लागि सरकारले कुटनीतिक पहलका साथै अन्य आवश्यक तयारीहरु गरिरहेको उनको भनाइ छ ।

नेकपा काठमाडौं क्षेत्र नम्बर १ का इन्चार्ज अनिल शर्मा नेतृत्वको टोलीले बुधबार परराष्ट्र मन्त्रालयमा यसबारे ध्यानाकर्षण गराएपछि मन्त्री त्रवालीले यस्तो जानकारी दिएका हुन् । भेटका क्रममा शर्माले काठमाडौंसहित देशैभरबाट हाल अध्ययन तथा रोजगारीको सिलसिलामा विदेशमा पुगेका कतिपय नागरिकमा समस्या परेकाले परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

सो क्रममा मन्त्री ज्ञवालीले विदेशमा अध्ययन एवम् रोजगारीमा रहेका नेपालीहरु कोरोना महामारीको कारण समस्यामा परेकोबारे सरकार जानकार रहेको र उनीहरुको समस्या समाधानमा लागिपरेका जनाए ।

अध्ययन एवम् रोजगारीको सिलसिलमा जापान, अस्ट्रलेलिया, क्यानडा, अमेरिकासहित युरोपियन मुलुकमा पुगेकाहरुलाई प्राथमिकतामा आधारमा उद्दार गर्ने तथा बाँकीलाई एक वर्षसम्मको भाडा छुट गरिदिनका लागि कुटनीतिक तबवरबाट सम्बन्धित देशसँग कुराकानी भइरहेको जानकारी दिए ।

यस्तै विद्यार्थीको लागि फी लगायतको समस्या भएको गुनासो आएकाले सो समस्या समाधानका लागि विभिन्न उपाय खोजिएको उनले बताए । जसमध्ये नेपालबाट खर्च पठाउन सहज गर्ने, विदेशमै पनि तत्काल फी तिर्न नपर्ने व्यवस्था गरिदिन पहल गर्नै जस्ता कार्य भइरहेको उनको भनाइ छ ।

दक्षिण कोरियामा कार्यरतहरु कतिपयको भिसाको म्याद सकिएको अवस्थामा उनीहरुलाई स्वदेश ल्याउनका लागि प्राथमिकतामा राखिएको पनि मन्त्री ज्ञवालीले बताए ।

यस्तै खाडीमा पुगेका युवाहरुका लागि रोजगारी, राहत, उपचार र फिर्ता ल्याउने विषयमा छलफल भइरहेको भन्दै उनले समस्यामा नै परेकालाई सरकारले स्वदेश नै फर्काउने बताए । यसका लागि क्याबिनेटले निर्णय समेत गरिसकेको र निर्णयअनुसार कार्यविधि बनाएर उनीहरुको हितअनुरुप सरकारले कार्य गर्ने उनले प्रष्ट पारे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ