कञ्चनपुर, १४ जेठ । कोरोना भाईरसको कहर चलिरहेका बेला कञ्चनपुरका व्यवसायीहरू उपभोक्ता ठग्नमा उद्यत छन् । लकडाउनको मौकाछोपी म्याद गुज्रिएका औषधी लगायत खाद्य समाग्री बिक्रि गर्ने कञ्चनपुरका ५० व्यवसायी कार्बाहीमा परेका हुन् ।
लकडाउनको मौकाछोपी बजारमा कालो बजारी मौलाएको गुनासो बढेपछि स्थानीय प्रशासनको अगुवाईमा गत बैशाख अन्तिम सातादेखि जेठ पहिलो सातासम्म गरेको संयुक्त अनुगमनका कार्यक्रममा विषम परिस्थितिमा ठगि गर्ने, म्याद गुज्रीएका बस्तु तथा समाग्री बिक्रि गर्ने, मुल्य सुचि नराख्ने, मनपरि मुल्यमा समान बिक्रि गर्नेृ गरि नागरिकको स्वाथ्यमा गम्भिर असर पार्ने समाजिक दुरी कायम नगरिकनै कोडिभ १९ को संक्रमण फैलाउन भूमिका निर्वाह गरेको भन्दै कञ्चनपुरका ५० जना व्यवसायीलाई एक सय रुपौँयादेखि २०दिन कैद फैसला गरेको छ ।

संक्रमण रोग ऐन २०२० को दफा ३९१० बमोजिम ऐनले दिएको आदेश अपहेलना गरेको अभियोगमा ऐनको दफा ४ले दिएको अधिकार प्रयोग गरि त्रृटिगर्ने फर्म व्यवसायीलाई एक सय रुपैयादेखि २०दिन कैदको फैसला गरेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मध्यमखालका त्रृटि गर्ने १३व्यवसायीलाई एक सय रुपैया जरिवाना गरिएको छ ।
भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा न्यू श्री सहस्त्रीलिङ्ग खाद्य स्टोर तथा सप्लायर्स, रविन टेर्डस, ओमसाही किराना स्टोर, न्यू भूमिराज जनरल स्टोर, भैरब खाद्य स्टोर, नागार्जुन मेडिकल हल, शुक्लफाँटा नगरपालिका १०झलारीका राधाकृष्ण किराना पसल, भूमिराज किराना पसल, कार्की मेडिकल स्टोर, भेनस मेडिकल हल, कृष्णपुर नगरपालिका २वाणीको बिर बेताल भेट फर्म, बेदकोट नगरपालिका ३दैजीको समौजी प्लाष्टिक स्टोर, दिर्घायु क्लिनिक एण्ड मेडिकल स्टोलाई सय रुपैया जरिवाना तोकिएको छ ।

गम्भिर खालका त्रृटि गर्ने १७ फर्मलाई १५दिन कैद फैसला गरिएको छ । भीमदत्त नगरपालिका ४ महेन्द्रनगरका महाकाली सप्लायर्स एण्ड फर्टिलाईजर, न्यू सहस्त्रीलिङ्ग बेताल टे«र्डस, महालक्ष्मी खाद्य जनरल स्टोर, निर्मल मेडिकल हल, जे एण्ड डि स्टोर, कृष्णपुर नगरपालिका २ वाणिका भागेश्वर जनरल, भूमिराज खुद्रा पसल, कृष्णपुर नगरपालिका ५ गुलरियाका देब जनरल स्टोर, जय मां पूर्णागिर स्टोर, न्यू निरपाल किराना पसल, राहुल किराना पसल, हेम जनरल स्टोर, दिपेश पुस्तक सदन एण्ड जनरल स्टोर, शुक्लाफाँटा नगरपालिका १०झलारीका श्रेष्ठ किराना पसल, धामी किराना पसल र बेदकोट नगरपालिका ३दैजीका न्यू डाडाबाग जनरल स्टोर, न्यू पनेरु जनरल स्टोरलाई १५दिन कैद तोकिएको छ ।
अति गम्भिर हालका त्रृटि गर्ने १८ व्यवसायीलाई २०दिन कैद गरिएको छ । भीमदत्त नगरपालिका ४ महेन्द्रनगरका भरोसा कम्युनिटी फार्मेसी, एस।बिके एग्रो सप्लार्यस, जेके मेडिकल हल, शुक्लाफाँटा नगरपालिका १० झलारीको अभिषेक आयुर्वोदिक मेडिकल हल, जिवन मेडिकल हल, शिवशक्ति आयुर्वोदी, डिके एग्रोभेट, बासुलिङ्ग भेट सेन्टर, केएम किराना पसल, गुञ्ज भेट सेन्टर, विश्वास मेडिकल हल, कृष्णपुर नगरपालिका २ पार्वती खाद्यान्न खरिद बिक्रि केन्द्र, शिवम गुप्ता, देविलाल थापा, कृष्णपुर नगरपालिका ५गुलरियाको हेल्प केयर मेडिकल हल र बेदकोट नगरपालिका ३दैजीका त्रिनेत्र क्लिनिक एण्ड प्रयोगशाला, जोशी एग्रोभेट, शाही पञ्चकोशी डेण्डल शाखालाई २०दिन कैद तोकेको छ ।

यस अघि उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निमित्त कार्यकारी निर्देशक विनोद कुमार माली नेतृत्वको संयुक्त बजार अनुगमन टोलीले भीमदत्त नगरपालिका ४ महेन्द्रनगरका दुई व्यवसायीलाई नगद जरिवाना गराएको थियो । गुप्ता किराना पसल र ब्रम्हकेदार खाद्यान्न खरीद बिक्रि भण्डारलाई जनही २० हजारका दरले जरिवाना गरिएकोछ ।
गुप्ता किराना पसलमा म्याद नाघेका समान मुल्य सुचि स्पष्ट देखिने हिसाबले नराखेको, ब्रम्हकेदार खाद्यान्न खरीद बिक्रि भण्डारमा म्याद सकिएका समान राखेको, मुल्य सुचि नराखेको र व्यवसायिक दर्ता प्रमाण पत्र नविकरण नभएको पाईएको छ । उनीहरुले म्याद गुज्रिएका समान उपभोक्तालाई दिएर ठगि गरेको अनुगमन समितिको ठहर छ ।
दुवै पसलका संचालकलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड९घ० बमोजिम कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ को उपदफा ९१०को खण्ड क बमोजिम २० हजार जरिवाना गरिएको छ । जरिवाना गरिएको रकम सात दिनभित्र बुझाउनुपर्ने छ । केही समय पहिले म्याद सकिएका औषधी बिक्रि गरेको पाईएपछि महेन्द्रनगरको तिवारी मेडिकललाई जरिवाना गराएको थियो । उक्त मेडिकललाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम १५ हजार जरिवाना तोकिएको जनाएको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाले जरिवाना र कैद तोकेका व्यवसायीले सात दिन भित्र जरिवाना र कैद रकम भुक्तानी नगरे कार्बाहीदेखि जेल पठाउने बताए । प्रजिअ खतिवडाले कैद तोकेका व्यवसायीले प्रति दिन ३ सय रुपैया दण्ड जरिवाना भुक्तानी गरेर कैद सजाय मिनाह गरिने छ । समयमै उक्त दण्ड जरिवाना नबुझाए जेल चलाउन गरिने बताए ।
महामारीका बेला ब्रम्हलुट मच्चाउने जुनसुकै व्यवसायीलाई पनि कार्बाही गरिनुपर्ने र थप बजार अनुगमनमा स्थानीयले जोडदिएका छन् । महामारीमा बेला उपभोक्ता ठग्नेमाथि कार्बाही शुरु गरिएकाले थप कार्बाहीको माग अघि सारेका छन् ।
