अमेरीकामा काला नागरिकमाथि गोरा प्रहरीले घाटीँ थिचेर यसरी हत्या गरेको भिडियो भाईरल(भिडियो )

अमेरीकामा काला नागरिकमाथि गोरा प्रहरीले घाटीँ थिचेर यसरी हत्या गरेको भिडियो भाईरल(भिडियो )

  • बुधबार, जेष्ठ १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.7K
    SHARES

एजेन्सी जेष्ठ १४ । संसारलाई मानव अधिकारको पाठ पढाउने अमेरीका भित्र अझै पनि काला नागरिकहरुमाथि कति सम्म अपराध हुदो रहेछ भन्ने स्वयं राज्यको प्रहरी अधिकारीले नै काला नागरिकमाथि गरेको पाशविक हत्याबाट स्पष्ट हुन्छ ।
जर्ज फ्लोईड नामका काला व्यक्तिलाई सडकको बीचमा नाग्गै लडाएर उसको घाटीमा घोडाले थिचेर पानी , पानी , मैले सास फेर्न सकिन , कृपया मलाई बचाउनुस् भन्दा समेत नसुनी पासविक तरीकाले हत्या गरेको भिडियो भाईरल बनेको छ ।
यो भिडियो सार्वजनिक भए पछि त्यस घटनामा संलग्न ४ जना गोरा प्रहरी अधिकारीमाथि एफबीआईले अनुसन्धान अघि बढाएको छ ।
कैयौ मिनेट सम्म सडकमा घाटीमा घोडाले बेस्सरी थिचिरहदा ती काला फ्लोईडले मलाई सास फेर्न गाह्रो भयो , मेरो पेट दुख्यो , पानी , पानी भन्दै बिस्तारो खोक्न खोजेको सुनिन्छ , तर अहँ ती प्रहरी अधिकारीले कुनै सुनुवाई गर्दैनन् , जब केही समय पछि घोडाले थिच्न छाडेर अस्पताल पुर्याइएको थियो । तब उनको मृत्यु भईसकेको थियो ।
यो ईन्काउन्टर भन्दै सामाजिक सञ्जालमा भिडियो भाईरल बने पछि ब्यापक आलोचना भएको छ ।
यो घटना अमेरीकाको मिनेसोता राज्यमा भएको सिएनएनले जनाएको छ ।  यो हत्या पछि विभिन्न ठाँउमा विरोध प्रदर्शन भएको अलजजिराले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ