गणतन्त्रले इच्छुकका सपना र  योगदानको ब्याज खादै त्यसैकाे अपमान गरिरहेको छ

गणतन्त्रले इच्छुकका सपना र  योगदानको ब्याज खादै त्यसैकाे अपमान गरिरहेको छ

  • मङ्लबार, जेष्ठ १३, २०७७
  • -लक्ष्मण चौलागाईं 'विद्रोही'

  • 67.4K
    SHARES

बुवा यमबहादुर  सेन र आमा भीमकुमारी सेनका छोरा महान सहिद कृष्ण सेन इच्छुकको जन्म उत्तराखण्ड भारतको देहरादुनमा विक्रम सम्बत २०१३ साल कार्तिक ३ गते  भएको थियो । बुवा यमबहादुर सेन भारतीय सेनामा कार्यरत हुनुभएका कारण इच्छुकको ६ वर्षीय वाल्यकाल भारतका विभिन्न स्थानमा बित्यो र २०१९ सालमा दाङमा आउनुभयो र दाङ देउखुरी स्थित श्री आदर्श माविमा कक्षा १ देखि कक्षा ८ सम्म अध्ययन गर्नुभयो।उहाको  पुर्ख्यौली थलो प्युठान जिल्ला स्थित सराङ्कोट भएको र प्युठान बट सेन परिवार अर्घाखाँची जिल्लाको जलुके ७ स्थित सातमारामा बसाईँ सरेको थियो।

इच्छुकले आफ्नो कक्षा ९र१० को पढाइ भने आदर्श माविमा नपढी दाङ जिल्लाको लालमटिया स्थित श्री सरस्वती हाइस्कूलमा अध्ययन गरि विक्रम सम्वत २०३२ सालमा सेकेन्ड डिभिजनमा एसएलसी उतिर्ण गरिसकेपछी कमरेड इच्छुकले नियमित कलेज भर्ना गर्नु भएन । बरु  कोइलावास स्थित साल्ट ट्रेडिङ्मको कार्यालयमा केही समय काम गर्दै स्वध्ययन गरि प्राइभेट परीक्षा दिएर आइए उतिर्ण गर्नुभयो ।

पछि त्रिविबाट बीएड गर्नुभयो । मास्टर्स गर्ने उहाको लक्ष्य भने जनताको पक्षमा ,देश र क्रान्तिको पक्षमा निहित उहाको राष्ट्रिय स्वार्थको कारण अधुरो नै रहयो। इच्छुकको विवाह निरंकुश पन्च्यायती शासकले झण्डै साँढे ५ वर्ष जेलको कालकोठरीमा थुनेर रिहाई भएको चौथो वर्ष २०४८ सालमा तक्मा केसी संग भयो र उहाँहरुकि एक मात्र छोरी समीक्षा केसीको जन्म भयो।

२०३६ सालको विद्यार्थी आन्दोलन जो निरंकुश तानाशाही पन्च्यायती व्यवस्था विरुद्द चल्दै गर्दा  इच्छुक जेल पर्नु भयो ।जेल बाट रिहाई भैसकेपछि विद्यार्थी आन्दोलन हाँक्न झन डटेर लाग्नुभएका कमरेड इच्छुकलाई २०३९ सालमा फेरि पन्च्यायती व्यवस्थाको शासकले पक्राउ गरि साँढे ५ वर्ष जेलको कालकोठरीमा थुन्यो र ४४ सालमा जेलमुक्त हुनुभयो।

विद्यार्थी जीवनकाल देखि नै इच्छुकलाई जनताको पक्षमा गरिने राजनितिक विचारधाराले प्रभावित पारेकै कारण विक्रम सम्बत २०३४ सालमा उहाले कम्युनिस्ट पार्टीको सदस्यता लिनुभएको थियो। सकृय राजनितीमा २०३६ सालको विद्यार्थी आन्दोलन देखि उँहा झन बढी डटेर लाग्नु भयो ।२०४५ साल देखि उहाले थुप्रै जिम्मेवारी सम्हाल्नु भयो। विद्यार्थी संगठन अनेरास्ववियुको राष्ट्रिय सम्मेलन आयोजक समितीको केन्द्रिय संयोजक ,२०४६ सालमा कम्युनिस्ट पार्टीको राप्ती अञ्चल क्षेत्रीय व्युरोको सेक्रेटरी र पछि सजमो नेपालका केन्द्रिय सदस्य ,अखिल नेपाल जनसांस्कृतिक संघका अध्यक्ष ,प्रगतिशील लेखक संघका केन्द्रिय पार्षद ,दक्षिण एशियाली पत्रकार संघका सदस्य,जनाधिकार सरोकार अभियानका सदस्य मात्र नभै  कृष्णसेन इच्छुक बहुप्रतिभाशाली व्यक्तित्व हुनुहुन्थ्यो  । उहाँ  दुःखी गरिब जनताको पक्षमा कलम चलाउने जनकवि, लेखक र युद्धमोर्चाका पत्रकार साथै उहाँ जनयुद्धका योद्धा पनि हुनुहुन्थ्यो  ।

शोषित पीडित बहुसङ्ख्यक जनताको मुक्तिका लागि समर्पित भएर लाग्ने, राजनीतिक विचारक तथा सशक्त अधिकारवादी नेता इच्छुक जनदिशा माओवादीको मुखपत्रको रुपमा रहेको जनदिशा दैनिकको प्रधान सम्पादक हुनुहुन्थ्यो ।
जनताका पक्षमा लाग्ने कृष्ण सेनको लेखन, पत्रकार, मानवअधिकारवादी र मुक्तियोद्धाको भूमिकालाई निरङ्कुश शासन तन्त्रले देख्न सकेन ।

परिणामतः पटकपटक गरी दश वर्षसम्म उहालाई जेलमा यातनापूर्वक थुनियो र अन्त्यमा सेनलाई २०५९ साल जेष्ठ ६ गतेका दिन गिरफ्तार पछि महेन्द्र पुलिस क्लबको हिरासतमा अमानवीय ढङ्गले यातना दिएर २०५९ जेष्ठ १३ गते आजकै दिन १८ वर्ष अघि हत्या गरियो ।आज कमरेड इच्छुकको १८ औं स्मृती दिवस । ४६ वर्षको जीवनमा देश र जनताका लागि कहिल्यै विर्सन नसकिने गुन लगाएर  सदाको लागि भौतिक रूपमा विदा हुनुभएका कृष्ण सेन इच्छुक आज पनि परिवर्तन पक्षधर,दुखी,गरिब जनता र क्रान्तिकारी तप्काको मुटुको धड्कन बनी नेपाली आकाशको चम्किलो तारा बनी अजर र अमर भै बाँचिरहनु भएको छ।

तर विडम्बना ,आजको नाम बदलिएको व्यवस्था तर अवस्था नबदलिएको व्यवस्थाले कमरेड इच्छुकहरुका सपना लिलाम गरेको छ। इच्छुकका स्मृती दिवस मनाउन पनि शर्मवोध गर्ने शासकको मुठ्ठीमा गणतन्त्र महल तिर कैद छ। अनि उनै इच्छुकका सपनाहरुका सारथीहरुलाई प्रतिबन्ध लगाउदै गणतन्त्रले जेल तिर कोचिरहेको मात्रै छैन । दर्जनौं इच्छुकहरुको यहि गणतन्त्रले हत्या गरिसकेको छ।

इच्छुकहरुका लगनशीलता,क्रान्ति अथक यात्रा र उहाले दिनुभएका दर्जनौं कृतिहरुको अध्ययन गर्दा आजको गणतन्त्रले कमरेड इच्छुकका सपना र मर्म साथै योगदानहरुको ब्याज खादै उनै इच्छुकका योगदानहरुलाई अपमान गरिरहेको छ।जसको वजह आज गणतन्त्र सर्वहारा जनताको झुपडीमा आएन आयो त केवल महलहरुमा ।गरिब जनताको मुक्तिको भ्रम छर्दै महलमा विलय भएको गणतन्त्रले राजतन्त्र गएर गणतन्त्र आएको आभास गराएन। बरु आफ्नै मातृभुमी विस्तारवादले चिथोरिरहेको र यहि कृष्णसेनको इहलिला समाप्त पारिएको देशमा साम्राज्यवादले एमसिसी लगायतका प्रस्ताव राख्दै मुलुकको सार्वभौमता नै खतरामा पार्ने पो हो कि भन्ने भयले कमरेड इच्छुकका भौतिक जीवनका अभाव भने खट्किरहन्छ,खट्किरहेको छ। ।महान सहिद इच्छुक हार्दिक श्रद्धाञ्जली । तपाईका सपनाहरु हामी पछ्याईरहने छौँ । धन्यवाद ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी