जेष्ठ १२ काठमाण्डौं । अखिल नेपाल पेट्रोलियम मजदुर संघले एकलौटी रुपमा मजदुर कटौती गर्ने भनी पेट्रोलियम डिलर्स एसोसिएसनले गरेको निर्णयप्रति आपत्ति जनाएको छ ।
संघका अध्यक्ष शिब पोखरेलले आज एक विज्ञप्ति जारी गरी अहिले संकटको समयमा अत्यावस्यकीय क्षेत्र र प्रतिष्ठानमा कार्यरत मजदुरलाई प्रोत्साहित गर्नुको सट्टा उल्टै धम्कीपूर्ण भाषा प्रयोग गरी निष्कासन गर्ने निर्णय जेष्ठ ९ गते गरेको भन्दै आपत्ति जनाएका छन् ।
अध्यक्ष पोखरेलद्धारा जारी विज्ञप्तिमा श्रम ऐन २०७४, सामाजिक सुरक्षा ऐन र अत्यावस्यक उद्योग प्रतिष्ठान सञ्चालन कार्यविधि समेतलाई चुनौती दिदै डब्लुएचओको मापदण्ड विपरीत सञ्चालित पेट्रोल पम्पहरुलाई तत्कालका लागि बन्द गर्न माग गर्दै राज्यको नीति र नियम भन्दा माथि गई सार्वजनिक अभिव्यक्ति दिने संस्थाहरुलाई कार्बाहीको दायरामा ल्याउन पनि माग गरिएको छ ।
साथै संघले डिलर्स एसोसिएसनको यो अमानवीय कार्य विरुद्ध एकतावद्ध भई सघर्ष गर्न पेट्रोलियम मजदुरहरुलाई अपील गर्दै यस्ता कार्य तुरुन्त रोक्न एसोसिएसनलाई चेतावनी दिएको छ ।
साथै अध्यक्ष पोखेलले विज्ञप्ति मार्फत मजदुर मैत्री वातावरण बनाएर प्रतिष्ठान सञ्चालन गर्न, मजदुरहरुलाई सुरक्षा उपकरण प्रदान गर्न र उत्पन्न समस्यालाई समाधान छलफलबाट गर्न आग्रह गर्दै त्यसो नगरिए उत्पन्न परिस्थितिको सामना एसोसिएसन हुनु पर्ने चेतावनी पनि दिएका छन् ।
विज्ञप्ति हेर्नुस्ः