धनगढीमा रोयल कोलाबोरेटिभ्सद्वारा क्वारेन्टिनमा रहेकालाई निःशुल्क खाना

धनगढीमा रोयल कोलाबोरेटिभ्सद्वारा क्वारेन्टिनमा रहेकालाई निःशुल्क खाना

  • शनिबार, जेष्ठ १०, २०७७
  • -डम्मर राज भट्ट

  • 10.5K
    SHARES

धनगढी, १० जेठ । धनगढीमा रोयल कोलाबोरेटिभ्स प्रालिले क्वारेन्टिनमा रहेकालाई निःशुल्क खाना स्टलको स्थापना गरेको छ ।
निसर्ग अस्पताल प्रालि धनगढीको सहयोगमा रोयल कोलाबोरेटिभ्स प्रालिले ‘दानापानी अभियान’ नै सञ्चालन गरेर स्टलको स्थापना गरेको हो । नवदुर्गा माध्यमिक विद्यालय धनगढी उपमहानगरपालिका–२ स्थित क्वारेन्टाइन अगाडि निःशुल्क खाना स्टल स्थापना गररे दैनिक ५ सयदेखि ७ सय जनालाई निःशुल्क खाना खुवाइरहेको रोयल कोलाबोरेटिभ्स प्रालिका अध्यक्ष गजेन्द्रबिक्रम शाहीले जानकारी दिए ।

“हामीले पहिलो दिन ५ सय जना भन्दा बढीलाई खाना खुवाएका थियौं ।” उनले भने–“यो अभियान आज पनि जारी छ र निरन्तर जारी नै रहनेछ ।”


कोरोना भाइरस ९कोभिड–१९० ले पूरा विश्व नै लकडाउनमा फसेको बेला भारतका बिभिन्न स्थानहरुबाट सीमानाका गौरी फण्टा हुँदै दैनिक सयौंको संख्यामा प्रबासी नेपालीहरु भित्रिएर क्वारेन्टिनमा हुने खानाको समस्यालाई मध्यनजर गर्दै यो अभियानको थालनी गरिएको रोयल कोलाबोरेटिभ्स प्रालिका संस्थापक सदस्य देवेन्द्र जोशीले जिकिर गरे ।

जबसम्म सीमानाकाबाट नेपालीहरु भित्रिनेक्रम जारी रहन्छ तबसम्म अभियान जारी रहने संस्थापक सदस्य जोशीले जानकारी दिए । “यस क्वारेन्टिनमा न प्रदेश सरकारको न स्थानीय सरकारको नै राम्रो सहभागिता देखियो, एउटा राम्रो लाईटसमेतको ब्यबस्था गर्न सकेको छैन ।” जोशीले भने–“सीमा नाकाबाट नेपालीहरु भित्रिएको भित्रिएकै छन् उनीहरुलाई खानाको त कुरै छोडौं सरकारले राम्रोसँगले चेक जाँचसमेत गर्नसकेका छैनन् ।”रोयल कोलाबोरेटिभ्स प्रालिले बिगतमा पनि गरिब÷असहाय, निम्ति लुगाकपडा तथा अन्य सामग्री संकलन एबं निःशुल्क बितरणको अभियान चलाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी