दुई वर्षसम्म ऋणको किस्ता र ब्याज तिर्न नसकिनेः पर्यटन व्यवसायी

दुई वर्षसम्म ऋणको किस्ता र ब्याज तिर्न नसकिनेः पर्यटन व्यवसायी

  • शुक्रबार, जेष्ठ ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

पोखराका पर्यटन व्यवसायीले कोरोना महामारीले उत्पन्न परिस्थितिका कारण व्यवसाय धरापमा परेको भन्दै बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको किस्ता र ब्याज आगामी दुईवर्षसम्म तिर्न नसक्ने बताएका छन् ।

पोखराका पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषद्ले प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापनपत्र बुझाउँदै सो जानकारी गराएको परिषद्का उपाध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिनुभयो । “बैंक तथा वित्तीय संस्थालाई कर्जा तिर्नका लागि प्रदेश सरकारले निश्चित प्रतिशत ब्याज अनुदानको व्यवस्था गर्नुपर्ने मागसहित हामीले ज्ञापनपत्र बुझाएका छौँ”, उहाँले भन्नुभयो, “आगामी दुई वर्षसम्म व्यवसायीले कतैतिरको ऋण तिर्न सक्ने अवस्था छैन, हामीले मुख्यमन्त्रीलाई यसबारेमा जानकारी गराएका छौँ ।”

पर्यटन क्षेत्रको खर्बौंको लगानी जोखिममा रहेको र होटल सामान्य सञ्चालनमा समेत कठिनाइ भइरहेको अवस्थामा ऋण र ब्याजको किस्ता तिर्न सक्ने अवस्था नरहेको उहाँको दावी छ । उपाध्यक्ष भट्टराईले भन्नुभयो, “ऋण तिर्नका लागि तोकिएको अवधिमा दुईवर्ष थपिनुपर्ने र त्यसबाहेक ऋणको ब्याजदर पनि घटाउनुपर्ने व्यवसायीको माग छ ।” व्यवसायी नै नबाँचे वित्तीय संस्था सञ्चालन हुन नसक्ने भन्दै दोहोरो अङ्कको ब्याजदर घटाएर ऋण दिनुपर्ने उहाँले बताउनुभयो ।

व्यवसायीले पर्यटन क्षेत्रलाई बचाउनका लागि नीति तथा कार्यक्रममा समावेश नभएकोप्रति पनि दुखेसो पोखेका छन् । “हामी अहिलेको अवस्थामा पर्यटनको लगानी जोगाउन धेरै आग्रह ग¥यौँ, तर सङ्घीय सरकारको नीति तथा कार्यक्रममा समावेश भएन”, पर्यटन बोर्डका पूर्व सदस्य टीकाराम सापकोटाले भन्नुभयो, “पर्यटन क्षेत्र तत्कालीन र दीर्घकालीन असर पर्ने क्षेत्र हो, यस क्षेत्रबाट व्यवसायीलाई पलायन हुनबाट जोगाउनु राज्यको दायित्व हुन आउँछ ।”

उहाँले सरकारले अहिले राहत दिएर व्यवसायीलाई जीवन्त दिने र सन् २०२१ मा सरकार र निजी क्षेत्र मिलेर पर्यटनमा पुर्नरुत्थान, सन् २०२२ मा बल्ल पर्यटन क्षेत्रले सरकारलाई नाफा दिने व्यवस्था हुने गरी सहज वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ