जर्मनी फुटबल क्लबका एक खेलाडी र एक कोचिङ स्टाफमा कोरोना पोजेटिभ

जर्मनी फुटबल क्लबका एक खेलाडी र एक कोचिङ स्टाफमा कोरोना पोजेटिभ

  • शुक्रबार, जेष्ठ ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

एजेन्सी, ९जेठ । जर्मनी फुटबल क्लबका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जर्मनीको दोस्रो डिभिजनको फुटबल क्लब डाइनामो ड्रेसडेनका थप दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

डाइनामोले बिहिवार आफ्ना थप एक खेलाडी र एक कोचिङ स्टाफमा कोरोना पोजेटिभ देखिएको जनाएको छ । यसअघि डाइनामोका दुई खेलाडीमा कोरोना संक्रमण देखिएको थियो ।

क्लबले खेलाडी तथा स्टाफमा कोरोना देखिएपछि सबैलाई आइशोलेसनमा राखेको थियो । कोरोना देखिएका दुवै जनालाई आइशोलेसनमा पठाइएको समेत क्लबले जनाएको छ ।

यस्तै अन्य खेलाडीले भने भोलिबाट प्रशिक्षण थाल्ने छन् । कोरोना भाइरसको महामारी जारी रहेपनि जर्मनीको शीर्ष दुई डिभिजनका लिग गत शनिबारबाट सुचारु भइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ