नेपालका कम्युनिष्टलाई प्रयोग गरेर चीन बीरगञ्ज सम्म आइपुग्यो : भारतीय नेता स्वराज

नेपालका कम्युनिष्टलाई प्रयोग गरेर चीन बीरगञ्ज सम्म आइपुग्यो : भारतीय नेता स्वराज

  • बिहिबार, जेष्ठ ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

एजेन्सी बैशाख ८ । नेपालको लिपुलेकमा भारतले मानसरोबर जोड्ने एकतर्फी सडक बनाए पछि नेपालले औपचारीक विरोध गर्दै नक्सा नै सार्वजनिक गरे पछि अत्तालिएको भारतीय नेताहरुले नेपाल र नेपालीनेतामाथि अनेकौ टिप्पणी गर्ने क्रम रोकिएको छैन ।
भारतीय नेता मिडिया एकसाथ नेपालको बिरुद्ध चीनको षड्यन्त्रसगँ जोड्दै सिमा विवाद समाधान गर्न र उसले कब्जा गरेको नेपाली भूमि फिर्ता नगर्ने मनशायका साथ अघि बढीरहेको छ ।
यसै क्रममा पछिल्लो समय भारतीय पक्ष नेपाललाई आशिंक रुपमा आर्थिक निर्यातसगँ सम्बन्धि क्षेत्रमा रोक लगाउने अनौपचारीक तयारीतिर लागेको भारतीय सञ्चारमाध्यमहरुले नै दाबी गर्न थालेका छन् ।
मनीषा कोईरालाल देखि प्रधानमन्त्री ओली सम्मलाई निशाना बनाएर उनीहरु एकोहोरो प्रचारमा जुटिरहेका बेला मिजेरामका भूतपूर्व गभर्नर एवं पूर्व भारतीय विदेश मन्त्री सुष्मा स्वराजकी पति कौशल स्वराजले चीनले नेपालका कम्युनिष्टलाई प्रयोग गरेर वा नेपाली कम्युनिष्टले चीनलाई भारत विरुद्ध प्रयोग गरेर भए पनि चीन भारतको हिमालयसगँको सीमाना बीरगञ्जमा आएको जिकिर गरेका छन् ।


उनले पटक पटक गरेको ट्वीटमा एक मात्र हिन्दु राष्ट्र नेपाललाई ध्वस्त पार्न षड्यन्त्र गर्नेहरुले प्रचण्ड र बाबुरामलाई भारतमा सुरक्षित सेल्टर प्रायोजित गरेको र त्यो मिसन पुरा भए पछि चीनलाई भारत विरुद्ध प्रयोग या चीनले कम्युनिष्टलाई प्रयोग गरेर भारत र चीनको सिमाना हिमालयबाट बीरगञ्न आएको भन्ने टिप्प्णी गंभीर देखिन्छ ।
जबाहरलाल नेहरुले चीन र भारतको सिमाना उत्तरी हिमालय क्षेत्र मान्ने गरेका थिए । भारतको यही स्वार्थमा नेपालका शासकहरुले समयमै कुरा नबुझ्दा भारतले नेपालको उत्तरी सिमानाका १८ स्थानमा सैनिक पोष्ट राखेको थियो । जस मध्य अन्य स्थानबाट हटे पनि कालापानीबाट अझै फिर्ता भएको छैन । जहाँ भारतीय सेना बसेको त्यो नेपाली भूमि पर्छ ।
यसै गरी उनले मनीषा कोईराला, आफ्नो र कोईराला परिवारको पुरानो सम्बन्धको व्याख्या गर्दै चीनलाई बीचमा जोडेको भन्दै मनीषाको पनि आलोचना गरेकी छन् ।

नेपाल भारत विवाद, मनिषा कोईराला चीन आदि गरेर उनले कम्तीमा ९ वटा ट्वीट गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ